close

कोर्न ब्राण्डका नयाँ स्मार्टवाच नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १०:०

कोर्न ब्राण्डका नयाँ स्मार्टवाच नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा तीन वटा नयाँ स्मार्टवाच मोडल सार्वजनिक गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा यी स्मार्टवाचको घोषणा गरेको हो ।

कर्नका डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ (WB02, WB03, WB05) माेडलका स्मार्टवाच नेपालमा उपलब्ध भएका छन् ।

यी स्मार्टवाचमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, नर्डिक सीपीयू लगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एक्सेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्टवाच पनि ल्याएको बताए।

‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाच नेपाली बजारमा ल्याएका छौं । सुपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचर भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ । हामीले कर्नका उत्पादन बेच्ने मात्र नभई ग्राहकको ध्यान र सन्तुष्टिलाई समेत ख्याल गर्ने गरेका छौ,’ उनले भने ।

कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेका तीन ओटा मोडलका स्मार्टवाचको मूल्य डब्लूबी ०२ काे सात हजार ९९९ रूपैयाँ, डब्लूबी ०३ को मूल्य आठ हजार १९९ रूपैयाँ, डब्लूबी ०५ को ११ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

सन् २०१८ मा सुरु भएको कर्न ब्राण्ड विश्वका ३७ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानडा, रसिया, इजरायल, म्यानमार लगायतका देशमा कम्पनीका उत्पादन उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२