close

गिफी बिक्री गर्न मेटालाई बेलायतको निर्देशन

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १०:१०

गिफी बिक्री गर्न मेटालाई बेलायतको निर्देशन

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटालाई ‘गिफी’ बिक्री गर्न बेलायतको नियामक निकायले निर्देशन दिएको छ । फेसबुकले गिफी किनेको प्रक्रिया नमिलेको भन्दै यसअघि नै नियामक निकायले अध्ययन अघि बढाएको थियो ।

फेसबुकले गत वर्ष ३१ करोड अमेरिकी डलर तिरेर गिफी किनेको थियो । सानो भिडियो एनिमेशनको लागि लोकप्रिय गिफीलाई फेसबुकले किन्दा प्रतिस्पर्धाको अवस्था नरहने भन्दै बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

फेसबुकले भर्खरै मात्रै आफ्नो मातृ कम्पनीको नाम फेरेर मेटा राखेको छ । फेसबुकले गत वर्ष मेमा गिफीलाई किनेको थियो । आफूले किन्नु भन्दा अघि नै गिफीको आधा ट्राफिक फेसबुक र इन्स्टाग्रामबाट आउने दाबी फेसबुकले गरेको थियो ।

गिफीको विज्ञापन राख्ने प्लेटफर्मका कारण फेसबुकलाई प्रतिस्पर्धा महसुस भएपछि कम्पनीले गिफीलाई खरिद गरेको बेलायती निकायको ठहर छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२