close

एन्ड्रोइडमा आउँदै नयाँ फिचर, फोनबाटै खुल्नेछ कार

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १०:११

एन्ड्रोइडमा आउँदै नयाँ फिचर, फोनबाटै खुल्नेछ कार

काठमाडौं । गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टममा नयाँ फिचर ल्याउने घोषणा गरेको छ । नयाँ फिचर यूट्युव म्युजिक, गुगल प्ले बुक्स, गुगल फोटोज, एन्ड्रोइड अटो फिचर, गुगल असिस्टेन्टमा लागू हुने गुगलले ब्लग पोष्टमार्फत जानकारी दिएको छ ।

गुगलले एन्ड्रोइडमा नयाँ फिचर थपेपछि पिक्सेल सिक्स, पिक्सेल सिक्स प्रो, सामसङ ग्यालेक्सी एस ट्वान्टीवान प्रयोगकर्ताले आफ्नो मोबाइललाई नै कारको चाबीको रुपमा प्रयोग गर्न सक्नेछन् । तर, यो फिचरले केही सीमित देशमा मात्रै काम गर्ने गुगलले जनाएको छ ।

सुरुमा यो फिचर बीएमडब्ल्यू २०२० र २०२२ मोडलका कारणमा मात्रै उपयोग गर्न सकिनेछ । भविष्यमा अन्य कारको लागि पनि यो फिचर लागू गर्ने गुगलले जनाएको छ ।

एन्ड्रोइडको अटो फिचरमा पनि नयाँ फिचर थपिने गुगलले जनाएको छ । यो फिचरले कारमा आफ्नो स्मार्टफोन कनेक्ट हुने वित्तिकै म्युजिक बजाउनको लागि नयाँ बटन खुल्नेछ ।

नयाँ फिचरले एन्ड्रोइड फोनहरुको स्क्रिनमा यूट्युव म्युजिक, गुगल प्ले बुक्स, गुगल फोटोज एपको लागि नयाँ विजेट्सहरु राख्ने सुविधा दिनेछ । यस्तै, गुगल फोटोजको मेमोरिज फिचरमा पनि नयाँ अपडेट आउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२