close

एप्पलको नयाँ हेडसेटमा फोरके डिस्प्ले

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १५:०

एप्पलको नयाँ हेडसेटमा फोरके डिस्प्ले

काठमाडौं । एप्पलले नयाँ हेडसेट ल्याउने तयारी गरेको छ । हालै बाहिरिएको एक रिपोर्टअनुसार एप्पलले म्याकबुकमा प्रयोग भएको डिस्प्ले प्रविधि र चिपसेट समावेश गर्दै नयाँ हेडसेट ल्याउन लागेको हो ।

दी इन्फर्मेसन, ब्लुमबर्ग र मिङ-सी-कुओले बाहिर ल्याएको खबरअनुसार एप्पलले हाई रेजोलुसन कलर क्यामेरासहित यो हेडसेट २०२२ सम्ममा सार्वजनिक गर्नेछ ।

कुओले यसको मूल्य एक हजार डलर (करिब एक लाख २० हजार नेपाली रुपैयाँ) हुने दाबी गरेका छन् । यो हेडसेटमा डुअल फोरके ओएलईडी माइक्रोडिस्प्ले हुने दाबी गरिएको छ ।

यद्यपि यो फिचर अहिलेसम्म भीआर हेडसेटमा प्रयोग गरिएको छैन ।

कुओले एप्पलको हेडसेट अहिलेका हेडसेटभन्दा कम्प्याट डिजाइन र प्रदर्शनका हिसाबले गुणस्तरीय हुने अपेक्षा गरेका छन् ।

‘ब्लिडिङ एज’ का प्रोसेसर र माइक्रोडिस्प्लेहरू महङ्गा भएकाले यसले क्वेस्ट २ को सट्टा मेटाको आगामी प्रोजेक्ट क्याम्व्रियासँग प्रतिस्पर्धा गर्नसक्ने देखिन्छ ।

उक्त हेडसेटमा म्याकका लागि एम वान जस्तै कम्प्युटिङ पावर भएको नयाँ चिप हुने दाबी गरिएको छ । एम वान एप्पलको पहिलो इन-हाउस पीसी प्रोसेसर हो ।

एप्पलका उत्कृष्ट स्मार्टफोनमा समेत कम क्षमता भएका चिपसेट प्रयोग भइरहेका बेला हेडसेटमा म्याक लेभलको चिपसेट प्रयोग हुने कुरा शङ्कास्पद देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२