close

डिजिटल बैंकिङमा अग्रसर एनएमबि बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १४:४४

डिजिटल बैंकिङमा अग्रसर एनएमबि बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । एनएमबि बैंकले विश्व प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दी बैंकरको निर्णायक मण्डलले ‘बैंक अफ दी इयर एसिया २०२१’ अवार्डका लागि एनएमबिलाई छनोट गरेको हो ।

नेपालको बैंकिङ इतिहासमै पहिलो पटक एनएमबिले यो सम्मान पाएको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापान जस्ता एसियाका प्रतिस्पर्धी बैंकलाई पछि पार्दै एनएमबि एसियाकै उत्कृष्ट बैंक बन्न सफल भएको हो ।

सन् २००० मा स्थापित ‘बैंक अफ दी इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य-पूर्वी युरोप, एसिया, अमेरिका, मध्य-पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा-छुट्टै प्रदान गरिन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकका रणनीतिक पहल, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादन, दिगो विकासका लागि गरिएका गतिविधि र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्डकाे विजेता तय गरिन्छ ।

एनएमबि बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारका लागि ओम्नी च्यानलको प्रयोग गर्ने लगायतका कार्य सुरू गरेकाे छ ।

त्यस्तै भिडिओ कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबि सापटी’ मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२