close

विद्यार्थीका लागि इम्याजिन कप २०२२ गर्दै माइक्रोसफ्ट, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १५:१५

विद्यार्थीका लागि इम्याजिन कप २०२२ गर्दै माइक्रोसफ्ट, यसरी हुनुहोस् सहभागी

काठमाडौं । फेसबुक र ट्वीटरजस्ता टेक जायन्टहरु कुनै बेला केबल एक विद्यार्थी प्रोजेक्ट थिए । तर सही समयमा एक्सपोजर तथा मलजल पाएर आज यी कम्पनीहरु विश्वको महङ्गो कम्पनीमा सूचीकृत छन् ।

तपाईंसँग पनि यस्ता आइडिया छन्, जसलाई माथि पुग्न ग्रुमिङ र संसाधनको खाँचो छ भने तपाईंका कलिला कदमलाई साथ दिन माइक्रोसफ्टले इम्याजिन कप २०२२ आयोजना गर्दैछ ।

विगत १९ वर्षदेखि आयोजना हुँदै आइरहेको इम्याजिन कप विश्वकै प्रिमियर स्टुडेन्ट टेक्नोलोजी कम्पिटिसन हो । यस प्रतिस्पर्धामा विश्वका सबै कुनाका विद्यार्थीहरुले भाग लिन सक्छन् ।

विद्यार्थीहरुलाई आफ्नो सपना वास्तविकतामा परिणत गर्न सघाउने उद्देश्यले सन् २००३ देखि माइक्रोसफ्टले यस किसिमको प्लेटफर्म प्रदान गर्दै आइरहेको छ ।

इच्छुक विद्यार्थीहरुले आफ्नो सोचलाई पूर्णरुपमा दिन टिम तयार पार्नेदेखि, मेन्टर तथा त्यस क्षेत्रमा अग्रणी व्यक्तिहरुसँग काम गर्ने र प्रतिक्रिया लिदैँ आफ्नो प्रोजेक्ट विकास गर्ने काम गर्नसक्छन् ।

विद्यार्थीहरुले आफ्नो प्यासनको विषयमा टेक एप्लिकेसन तयार गर्न सक्नेछन् । तर इम्याजिन कप आफैमा एउटा प्रतिस्पार्धामात्र होइन ।

यसमा विद्यार्थीले नयाँ साथी बनाउन, प्रोफेसनलहरुसँग सञ्जाल बनाउन, नयाँ सिप प्राप्त गर्न तथा आफू वरिपरीको विश्वलाई फरक बनाउने कोसिस गर्न सक्छन् ।

प्रतिस्पर्धामा अब्बल परियोजना बनाउन सफल विद्यार्थीले मेन्टरसिप जित्नका साथै पैसा तथा अन्य उपहार समेत जित्न सक्छन् । २०२२ को इम्याजिन कप श्रृंखला सुरु भइसकेको छ ।

इच्छुकहरुले यस लिङ्कमा गएर आउँदो डिसेम्बर २० सम्म आफ्नो आइडियाथन सब्मिट गर्न सक्नेछन् ।

यसअघि इम्याजिन कप २०२१ मा नेपाली टिम भर्चुअल रेडियोलोजिस्ट फाइनलमा पुग्न सफल भएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२