close

अब नेपालमै ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय पढ्न पाइने

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १५:४९

अब नेपालमै ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय पढ्न पाइने

काठमाडौं । द ब्रिटिश कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ हुने भएको छ । कलेजले बिहीबार एक औपचारिक कार्यक्रम गरी यो शैक्षिक कार्यक्रम सुरुवात भएको जानकारी दिएको छ ।

ब्रिटिश इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिश कम्प्युटर सोसाइटीबाट मान्यता पाएको यो कार्यक्रम युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट सम्बन्धन लिई सुरु गरिएको हो ।

बिहीवार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले यो शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरे ।

राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसुस गरेको बताउँदै मिश्रले ब्रिटिश कलेजले यस्तो पाठ्यक्रमलाई सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे ।

नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिश कलेजबाट यस क्षेत्रलाई योगदान दिने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे ।

कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए ।

कलेजले सन् २०२२ को जनवरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ कार्यक्रमको पढाइ सुरु गर्दैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२