close

१४१ स्मार्टफोन मोडलमा ह्वावेको हार्मोनी ओएस अपग्रेड

टेकपाना टेकपाना

मंसिर १८, २०७८ १७:२

१४१ स्मार्टफोन मोडलमा ह्वावेको हार्मोनी ओएस अपग्रेड

काठमाडौं । ह्वावेले हालसम्म १४१ वटा डिभाइसमा हार्मोनी ओएस २.० अपग्रेड गरेको छ । यीमध्ये १३५ वटा डिभाइसमा स्टेबल भर्सन उपलब्ध छ भने पाँच वटामा बेटा भर्सन उपलब्ध गराइएको छ ।

यो अपग्रेड ह्वावेको हार्मोनी ओएसको सबैभन्दा ठूलो अपग्रेड हो । विश्व बजारमा प्रचलनमा भएको अन्य अपरेटिङ सिस्टमलाई चुनौती दिँदै हाल यो चिनियाँ बजारका लागि मात्र सार्वजनिक गरिएको छ ।

हार्मोनी ओएस २.० ह्वावेको प्राय सबै स्मार्टफोन, ट्याबलेट, स्मार्ट टिभी लगायतका डिभाइसमा सार्वजनिक भइसकेको छ । यी १४१ डिभाइस अन्तर्गत ह्वावे मेट ४०, मेट ३०, पी३०, पी ४०, मेट २०, पी२०, मेट १०, पी १०, मेट ९ सिरिजका स्मार्टफोनहरू रहेका छन् ।

त्यसैगरी नोभा ८, नोभा ६, नोभा ७, नोभा ५ लगायत नोभाको अन्य सिरिजका स्मार्टफोनमा पनि हार्मोनी ओएस उपलब्ध भइसकेको छ । त्यसैगरी माइमाङ र इन्जोए सिरिजका स्मार्टफोनमा डिभाइसमा पनि यो अपरेटिङ सिस्टम अपग्रेड गरिएको छ ।

ट्याब्लेटमा भने मेटप्याड प्रो र मिडियाप्याड लाइनअपमा पनि हार्मोनी ओएस अपग्रेड गरिएको छ । ह्वावेको स्मार्ट टिभी लगायत अनर स्मार्टफोनहरू; अनर ३०, भी३०, भी२०, अनर २० लगायत मोडलका स्मार्टफोनहरूले यो ओएस पाइसकेको छ ।

आजसम्म २० करोडभन्दा बढी डिभाइसमा हार्मोनी ‌ओएसको अपडेट आइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२