close

७ लाख स्मार्ट मिटर ल्याउँदै विद्युत प्राधिकरण, ग्राहकले सस्तो मूल्यमा पाउने

टेकपाना टेकपाना

मंसिर १९, २०७८ ८:५०

७ लाख स्मार्ट मिटर ल्याउँदै विद्युत प्राधिकरण, ग्राहकले सस्तो मूल्यमा पाउने

काठमाडौं । ग्राहकलाई सहज र सस्तो मूल्यमा मिटर उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले एकै पटकमा सात लाखवटा इनर्जी मिटर खरिद गर्न भारतको जिनस पावर इन्फ्रास्टक्चर लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा प्राधिकरणका प्रबन्धक कोमल आचार्य र भारतीय कम्पनीका प्रतिनिधि पुनितले हस्ताक्षर गरे ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरय मिटर उपलब्ध गराउन प्राधिकरणले मिटर खरिद गर्न लागेको जानकारी दिए ।

सम्झौता भएको एक महिनापछि नै मिटरहरू नेपाल आउन सुरू हुने बताउँदै उनले भने, ‘संख्या धेरै भएकाले मिटरहरू विभिन्न लटमा आउनेछन् । सम्झौताको ५ महिनाभित्र सबै मिटर नेपाल आइपुग्नेछ ।’

उनले अगाडि भने, ‘प्राधिकरणले ६४ लाख अमेरिकी डलरमा सो मिटर खरिद गर्न लागेको हो । यसरी प्रतिमिटर नौ डलर खरिद मूल्य पर्न आउँछ ।’

प्राधिकरणले खरिद मूल्यबाहेक कुनै पनि अतिरक्ति मूल्य नलिई ग्राहकलाई सो मिटर उपलब्ध गराउने उनले स्पस्ट पारे ।

हरेक वर्ष करिब तीन लाख जना प्राधिकरणका नयाँ ग्राहक थपिन्छन् । यसरी प्राधिकरणलाई मासिक २५ हजार मिटर आवश्यक देखिएको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२