close

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण सुरू

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १७:२७

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण सुरू

काठमाडौं । आजदेखि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्टका लागि आवदेन संकलन र वितरण गर्न सुरु भएको छ । यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) बाट ई-पासपोर्ट वितरण भइरहेकोमा अब ललितपुर जिल्ला प्रशासन कार्यालयबाट पनि सेवा प्रारम्भ भएको हो ।

राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार यही हप्ताभित्र काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट पनि विद्युतीय राहदानी वितरण सुरू गरिनेछ ।

‘उपत्यकापछि अन्य जिल्ला प्रशासन कार्यालयबाट पनि ई-पासपोर्ट वितरण सुरु गर्ने तयारीमा छौं,’ उनले भने ।

सेवाग्राहीको सहजताका लागि अब जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने योजना विभागले ल्याएको उनले बताए ।

गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेकाे छ । यसका लागि विभागले मंसिर १५ देखि एमआरपीका लागि टोकन वितरणसमेत बन्द गरिसकेकाे छ भने मंसिर २८ देखि पूर्णरूपमा एमआरपी वितरण बन्द गर्ने जनाएकाे छ ।

यो पनि पढ्नुहोस्:

ई-पासपोर्टबारे जान्नैपर्ने ११ कुरा

ई-पासपोर्टमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, लिने कसरी ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२