close

एन्ड्रोइड प्रयोगकर्ताका लागि नेटफ्लिक्सका तीन मोबाइल गेम सार्वजनिक

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १८:५९

एन्ड्रोइड प्रयोगकर्ताका लागि नेटफ्लिक्सका तीन मोबाइल गेम सार्वजनिक

काठमाडौं । नेटफ्लिक्सले एन्ड्रोइड डिभाइसका लागि तीनवटा मोबाइल गेम सार्वजनिक गरेको छ । नेटफ्लिक्सले थप गरेका गेममा वन्डरपुट फरेबर, निटेन्सडोमिनोज क्याफे रहेका छन् ।

यो सहित भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समा १० वटा गेम उपलब्ध भएका छन् । योसअघि नेटफ्लिक्समा स्ट्रेन्जर थिङ्कस: १९८४, स्ट्रेन्जर थिङ्कस थ्री: दि गेम, शुटिङ हुप्स, कार्ड ब्लास्ट, टिटर अप, आसफल्ट एक्सट्रिम र बलिङ बलर्स गेमहरू उपलब्ध थिए ।

पहिलेका गेमजस्तै नेटफ्लिक्सका सब्सक्राइबरहरूले नयाँ गेम पनि डाउनलोड गरे थप पैसा नतिरी निःशुल्क खेल्न सक्छन् ।

यद्यपि यी गेम एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छन् । यी गेमहरू प्ले स्टोरबाट पनि डाउनलोड गर्न मिल्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२