close

मतदाता नामावलीमा तपाईंको नाम छ ?, यसरी हेर्नुहोस् आफ्नो विवरण

टेकपाना टेकपाना

मंसिर २१, २०७८ १०:४६

मतदाता नामावलीमा तपाईंको नाम छ ?, यसरी हेर्नुहोस् आफ्नो विवरण

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन् । तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ ।

साथै, आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ ।

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।

तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर हालेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरण देखिनेछ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२