close

जिमेल एपबाटै अब अडियो र भिडिओ कल गर्न पाइने

टेकपाना टेकपाना

मंसिर २१, २०७८ १९:५०

जिमेल एपबाटै अब अडियो र भिडिओ कल गर्न पाइने

काठमाडौं । जिमेलको एपबाटै अब अडियो र भिडिओ कल गर्न पाइने भएको छ । एन्ड्रोइड र आईओएस दुवै एपमा भिडिओ र अडियो कलको सुविधा सुरु भएको कम्पनीले जनाएको छ ।

यो फिचर गुगलले गत सेप्टेम्बरमै घोषणा गरेको थियो । अबको केही दिनमै सबै प्रयोगकर्ताले यो फिचर उपयोग गर्न पाउने छन् ।

यसअघि जिमेल एपबाट गुगल मिट भिडिओका लागि आमन्त्रण दिएर मात्रै कल गर्न सकिने सुविधा थियो । अब भने जिमेल एपमा रहेको च्याटभित्र भिडियो र अडियो कल गर्नको लागि छुट्टाछुट्टै आइकन देखिनेछ ।

जिमेललाई सबै खालको सञ्चारको लागि हब बनाउने गुगलको लक्ष्यमा यो अर्को कदम हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२