close

यस्ता छन् वर्षका उत्कृष्ट टिकटक भिडिओ, इफेक्ट र गीत

टेकपाना टेकपाना

मंसिर २२, २०७८ २१:१३

यस्ता छन् वर्षका उत्कृष्ट टिकटक भिडिओ, इफेक्ट र गीत

काठमाडौं । हामी सन् २०२१ को अन्त्यतिर छौं । यतिबेला धेरै कम्पनीले यो वर्षमा हासिल भएका उपलब्धि सार्वजनिक गरिरहेका छन् ।

हालै एप्पलले एप स्टोरका उत्कृष्ट एपको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै गुगल प्ले स्टोरले पनि सन् २०२१ का उत्कृष्ट एप तथा गेमिङ एपको सूची सार्वजनिक गरिसकेको छ ।

यसैबीच टिकटकले पनि सन् २०२१ मा आफ्नो प्लेटफर्मका उत्कृष्ट भिडिओ, इफेक्ट र गीतको सूची सार्वजनिक गरेको छ ।

टिकटकका उत्कृष्ट भिडिओ

यो वर्षको टप भिडिओको सूचीमा सबैभन्दा अघि डेभिड एलनले बनाएको ‘ड्रोन डान्सिङ’ परेको छ । यो भिडिओ हालसम्म ३१३.९ मिलियनभन्दा बढी हेरिएको छ भने, ४३.९ मिलियन लाइक छ ।

त्यसबाहेक यो वर्षको उत्कृष्ट भिडिओको सूची यस्तो रहेको छ ।

त्यस्तै टिकटक सफल बनाउने अर्को मुख्य आधार भनेको गीत हो । जसले धेरै कलाकारलाई विस्तार हुन अवसर दिएको छ । त्यसैले पनि कम्पनीले यो टिकटकमा यो वर्षका उत्कृष्ट गीतहरू समेत छनोट गरेको छ ।

यस्ता छन टिकटकमा यो वर्षको उत्कृष्ट गीतः

  • “Adderall (Corvette Corvette)” – Popp Hunna
  • “Batman ” – LPB Poody
  • “Bundles (feat. Taylor Girlz)” – Kayla Nicole
  • “Kiss Me More (feat. SZA)” – Doja Cat
  • “TWINNEM” – Coi Leray
  • “Up” – Cardi B
  • “Buss It” – Erica Banks
  • “Astronaut In The Ocean” – Masked Wolf
  • “Punk Monk” – Playboi Carti
  • “drivers license” – Olivia Rodrigo

यसका साथै कम्पनीले टिकटकमा उपलब्ध विभिन्न एआर फिचरमध्ये यो वर्ष धेरै प्रयोग भएका इफेक्टको पनि सूची सार्वजनिक गरेको छ । जुन यसप्रकार रहेका छन्ः

  • GAP’s brown hoodie
  • Kate Spade’s heart-shaped bag
  • Clinique’s Almost Lipstick in Black Honey
  • Squishmallows
  • Peter Thomas Roth Instant FIRMx Eye
  • KFC Nashville Hot Chicken
  • IKEA tote bag
  • Bissell Little Green Machine
  • Laser star projector
  • They Both Die at the End by Adam Silvera

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२