close

फेसबुकमा अब मनपर्ने क्रियटरलाई ‘स्टार’ दिन सकिने

टेकपाना टेकपाना

मंसिर २३, २०७८ ८:३६

फेसबुकमा अब मनपर्ने क्रियटरलाई ‘स्टार’ दिन सकिने

काठमाडौं । फेसबुकमा क्रियटरहरूलाई प्रोत्साहन गर्नका लागि भन्दै मेटाले ‘स्टार’ खरिद गर्ने नयाँ वेबसाइट सार्वजनिक गरेको छ । फेसबुकका प्रयोगकर्ताले फेसबुक भिडिओ तथा लाइभस्ट्रिममा अब टिकटकमा जस्तै स्टार दिन सक्नेछन् ।

सामान्यतया ‘स्टार’ इन-एप नै खरिद गर्नुपर्ने हुन्छ, जसको फाइदा सिधै एप प्लेटफर्म अर्थात गुगल प्ले स्टोर र एप्पल एप स्टोरलाई हुने गर्छ । यी एप स्टोरहरूबाट स्टार खरिद गर्दा एप स्टोरहरूलाई कमिसन तिर्नुपर्ने हुन्छ ।

तर अब भने प्रयोगकर्ताले सिधै फेसबुक पे प्रयोग गरेर मेटाको वेबसाइटबाट स्टार खरिद गर्न सक्छन्, जसको कमिसन मेटालाई जाँदैन । यसमा एप्पल वा गुगलको कुनै भुक्तानी माध्यम प्रयोग पनि गर्नुपर्दैन ।

यसबारे मार्क जुकरबर्गले आफ्नो फेसबुक पोस्ट मार्फत जानकारी दिएका हुन् ।  त्यसमाथि फेसबुकले स्टारको हरेक खरिदमा बोनस भनेर थप निशुल्क स्टार पनि दिएको छ ।

फेसबुकले चार महिनाअगाडि मात्र आफ्ना प्रयोगकर्ताका लागि भनेर ‘क्रियटर कम्युनिटि’ अर्थात लाइभ भिडिओमार्फत सोझै पैसा कमाउन सकिने फिचरको घोषणा गरेको थियो ।

फेसबुकमा लाइभ बस्दा लाइभमा सहभागी प्रयोगकर्ताले जति धेरै स्टार दिन्छ, त्यति नै सो लाइभ गर्ने व्यक्ति पैसा कमाउन सक्छ । प्रयोगकर्ताले आफ्नो प्रिय क्रियटरलाई स्टार दिन इन-एप स्टार खरिद गर्नुपर्थ्‍यो ।

अब भने मेटाले आफ्नै प्लेटफर्मबाट स्टार खरिद गर्न सकिने व्यवस्था गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२