close

यस्ता छन् याे वर्ष गुगलमा सर्वाधिक खोजिएका विषय

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १३:४०

यस्ता छन् याे वर्ष गुगलमा सर्वाधिक खोजिएका विषय

काठमाडौं । सन् २०२१ लाई फर्केर हेर्दा तपाईंले गुगलमा के के खोज्नुभयो त ? गत वर्ष गुगलमा सबैभन्दा बढि खोजी भएको शीर्षक कोरोना भाइरस थियो । यो वर्ष भने प्रयोगकर्ता विस्तारै आफ्नै पुरानो दैनिकीमा फर्किएको जस्तो देखिन्छ ।

किनभने यो पटक गुगल सर्चमा कोरोना भाइरस तथा भ्याक्सिनले त्यति धेरै स्थान पाएन । हुन त सन् २०२१ मा गुगलमा सबैभन्दा बढी खोजिएका समाचारमध्ये तेस्रो स्थानमा कोरोना नै रहेको छ । तर, अन्य हिसाबले कोरोना शब्दले यो वर्ष त्यति धेरै स्थान पाएन ।

गुगलले सन् २०२१ मा  सबैभन्दा धेरै खोजी भएका विभिन्न शीर्षकहरूको सूची सार्वजनिक गरेको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि गुगलले सन् २०२१ मा सर्वाधिक खोजी भएको समाचार, कलाकार, खेलाडी, खानेकुरा, गेम, मुभिज, मान्छे, गीत, टिभी सो लगायतको सूची सार्वजनिक गरेको हो ।

यो वर्ष सबै भन्दा बढी खेलकुदसँग सम्बन्धित विषय खोजी भएको छ । हुन पनि हो कोरोनाका कारण सन् २०२० मा आयोजना नभएका खेल समेत यो वर्ष सम्पन्न भयो । त्यो हुँदा धेरैका लागि खेलकुद यो वर्ष चासोको विषय बन्यो । त्यसैले पनि धेरै प्रयोगकर्ताले विभिन्न खेलका बारेमा गुगलमा वर्षभरी सर्वाधिक खोजी गरेको गुगलले जनाएको छ ।

२०२१ मा सर्वाधिक खोजी गरिएको शीर्षक

  • अष्ट्रेलिया भर्सेज इन्डिया
  • इन्डिया भर्सेज इंग्ल्यान्ड
  • आईपीएल
  • एनबीए
  • युरो २०२१
  • कोपा अमेरिका
  • इन्डिया भर्सेज न्युजिल्यान्ड
  • टि२० वर्ल्ड कप
  • स्क्विड गेम
  • डीएमएक्स

यी लगायत विषयगत रुपमा हेर्दा समाचार तर्फ सबैभन्दा धेरै अफगानिस्तानको समाचार खोजी भएको छ । तालिवानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँको अवस्था धेरैका लागि चासोको विषय बनेको थियो । भने कोभिड भ्याक्सिनसँग सम्बन्धित समाचार तेस्रो स्थानमा छ ।

त्यस्तै सबैभन्दा धेरै खोजी गरिएको कलाकारमा ‘एलेक बाल्डविन’ रहेका छन् भने खेलाडीमा ‘क्रिश्चियन एरिक्सन’ रहेका छन् । खाने कुरामा ‘बिरिया टाकोज्’ रहेको छ ।

खेलतर्फ भने सबैभन्दा धेरै ‘पपक्याट’ को खोजी गरिएको छ जबकी टिभी सो तर्फ भने ‘स्क्विड गेम’ रहेको छ । त्यस्तै गुगलमा सर्वाधिक खोजिएको स्पोर्टस् टिम ‘रियल म्याड्रिड’ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२