close

स्मार्ट ग्लास सार्वजनिक गर्दै ओप्पो

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १४:३

स्मार्ट ग्लास सार्वजनिक गर्दै ओप्पो

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ओप्पोले स्मार्ट ग्लास सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो वार्षिक कार्यक्रम ‘ओप्पो ईन्नो डे २०२१’ मार्फत स्मार्ट ग्लासका साथै विभिन्न नयाँ प्रविधि सार्वजनिक गर्ने भएको हो ।

कार्यक्रम डिसेम्बर १४ र १५ तारिखमा आयोजना हुँदैछ । कार्यक्रममार्फत कम्पनीले ओप्पोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिंग युनिट) र ओपोको नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने विषय सार्वजनिक भइसकेको छ ।

यसका साथै अन्य धेरै नयाँ प्रोडक्ट समेत कार्यक्रममार्फत सार्वजनिक हुने अपेक्षा गरिएको छ । प्रोडक्टका साथै कम्पनीले आफ्नो आगामी रणनिति समेत प्रस्तुत गर्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२