close

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेटवर्क विस्तार गर्दै भायानेट

टेकपाना टेकपाना

मंसिर २३, २०७८ २०:२८

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेटवर्क विस्तार गर्दै भायानेट

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उच्च गतिकाे इन्टरनेट विस्तार गर्न भायानेट इन्टरनेट सेवाप्रदायक भायानेटले पश्चिम नेपालमा आफ्नो नेटवर्क विस्तारका लागि चाइना कम्युनिकेसन कर्पोरेशन (सीसीएस) सँग सम्झौता गरेको छ ।

योसँगै चिनियाँ टेलिकम्युनिकेसन कर्पोरेसनको सहायक कम्पनीको रुपमा रहेको सीसीएसले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भायानेटका लागि नेटवर्क विस्तारको काम गर्ने कम्पनीका निर्देशक विनय बोहोराले बताएका छन् ।

उनका अनुसार सीसीएस पश्चिम नेपालमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले अन्तराष्ट्रिय ब्राण्डसँग सहकार्य गरेको हो ।

यसअघि ग्रामीण दूरसञ्चार कोष अन्तर्गतको परियोजनालाई समेत समेटेर यसलाई अघि बढाइएको हो ।

भायानेटले ग्रामीण दूरसञ्चार कोष अन्तर्गत डोटी, दार्चुला, डढेलधुरा र बैतडीमा इन्टरनेट विस्तारको काम सम्पन्न गरिसकेको छ । नयाँ सम्झौता अनुसार पश्चिम नेपालका बाँकी स्थानमा कम्पनीको आवश्यकता अनुसार सीसीएसले नेटवर्क निर्माण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२