close

मोबाइल एपमा एक वर्षमै प्रयोगकर्ताले खर्च गरे १६१ खर्ब

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १६:६

मोबाइल एपमा एक वर्षमै प्रयोगकर्ताले खर्च गरे १६१ खर्ब

काठमाडौं । सन् २०२१ मोबाइल एप डेभलपरका लागि विशेष रह्यो । कोभिड-१९ बाट विस्तारै बाहिरिँदै गरेको विश्वमा धेरै प्रयोगकर्ता अनलाइनमा निर्भर भए । त्यसको सकारात्मक प्रभाव अनलाइन बिजनेस र एप स्टोरमा देखिएको छ ।

सेन्सर टावरका अनुसार सन् २०२१ मा प्रयोगकर्ताले माेबाइल एपमा मात्रै १३३ बिलियन अमेरिकी डलर (१६० खर्ब ९० अर्ब रूपैयाँभन्दा बढी) खर्च गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । प्रतिवेदन अनुसार यो खर्च गत वर्षको तुलनामा २० प्रतिशतले बढी हो ।

कुल आम्दानीमध्ये सबैभन्दा बढी हिस्सा एप्पलको एप स्टोरको छ । प्रतिवेदन अनुसार प्रयोगकर्ताले गरेको खर्चमध्ये ८५.१ बिलियन डलर एप्प्लको एप स्टोरमा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.७ प्रतिशत बढी हो ।

त्यस्तै गत वर्षको तुलनामा गुगलको प्ले स्टोरमा पैसा खर्च गर्ने क्रम पनि २३.५ प्रतिशतले बढेको देखिएको छ ।

प्रतिवेदन अनुसार सन् २०२१ मा एपमार्फत सबैभन्दा धेरै कमाउनेमा टिकटक अघि रह्यो । दोस्रोमा युट्युव, तेस्रोमा पिक्कोमा, चौथोमा टिन्डर र पाँचौमा डिज्नेप्लस रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२