close

मोटोरोला ‘एज एक्स ३०’ बन्यो स्न्यापड्रागन ८ जेन १ मा आधारित पहिलो फोन

टेकपाना टेकपाना

मंसिर २५, २०७८ १५:२२

मोटोरोला ‘एज एक्स ३०’ बन्यो स्न्यापड्रागन ८ जेन १ मा आधारित पहिलो फोन

काठमाडौं । मोटोरोलाले आउँदो बुधबार ‘एज एक्स ३० सिरिज’ अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । चिनियाँ बजारमा सार्वजनिक हुने उक्त फोनमा क्वालकमको नयाँ चिपसेट स्न्यापड्रागन ८ जेन १ प्रयोग हुनेछ ।

योसँगै मोटोराला एक्स ३० स्न्यापड्रागन ८ जेन १ चिपसेटमा आधारित पहिलो स्मार्टफोन हुने भएको छ । जसको बजार मूल्य ४७० अमेरिकी डलरबाट सुरु हुने जनाइएको छ ।

स्न्यापड्रागन ८ जेन १ चिपसेटमा आधारित भएर स्मार्टफोन ल्याउने तयारीमा मोटोरोला सँगै धेरै ब्राण्ड रहेका छन् । चिनियाँ ब्राण्ड ओप्पो र साओमीले यसअघि नै अब सार्वजनिक हुने फोन स्न्यापड्रागन ८ जेन १ चिपसेटमा आधारित हुने जानकारी दिइसकेका छन् ।

मोटोरालाका अनुसार एज एक्स ३० मा स्पेसल एडिसन समेत उपलब्ध हुनेछ । जुन सामान्य एज एक्स ३० भन्दा भिन्न हुनेछ । जसमा अन्डर डिस्प्ले सेल्फी क्यामेरा हुनेछ । तर, रेगुलर भर्सनमा भने पञ्चहोला डिजाइन उपलब्ध हुने जनाइएको छ ।

यसबाहेकका अन्य फिचर भने समान हुने जनाइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार फोनमा ६.७ इन्चको ओएलईडी डिस्प्ले रहने छ । १४४ हर्जको रिफ्रेसरेट युक्त फोनमा ६० मेगापिक्सेलको क्यामेरा हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२