close

कलेज ड्रेसमा टिकटक बनाउन रोक

टेकपाना टेकपाना

मंसिर २७, २०७८ ६:५९

कलेज ड्रेसमा टिकटक बनाउन रोक

काठमाडौं । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस पोशाकमा टिकटक बनाउन रोक लगाएको छ ।

क्याम्पसमा अध्ययनरत केही विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टिकटक बनाएको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो ।

एक सूचना गरी क्याम्पसले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडिओ बनाउन रोक लगाएको हो ।

यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचारसंहित अनुसार कारबाही गरिने सो सूचनामा उल्लेख छ ।

May be an image of text

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२