close

पुस २ देखि राष्ट्रियस्तरको ह्याकथन प्रतिस्पर्धा, विजेताले डेढ लाख नगद पाउने

टेकपाना टेकपाना

मंसिर २७, २०७८ १५:२४

पुस २ देखि राष्ट्रियस्तरको ह्याकथन प्रतिस्पर्धा, विजेताले डेढ लाख नगद पाउने

काठमाडौं । आउँदो पुस २ देखि काठमाडौंमा राष्ट्रियस्तरको ह्याकथन कार्यक्रम हुने भएको छ । रेनेगेडको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने सो ह्याकथन प्रतिस्पर्धामा देशभरबाट सहभागी हुने बताइएको छ ।

आयोजकका अनुसार यो क्षेत्रमा भर्खरै करियर सुरुवात गरेकादेखि अनुभव हासिल गरेका डेभलपरहरु यो प्रतिस्पर्धामा आउनसक्नेछन् । कार्यक्रम सुरु हुनु एक दिनअघि सहभागीलाई ह्याकथनकाे टपिक दिने आयोजकले जनाएको छ ।

हरेक समूहमा दुईदेखि चार जना सदस्य हुनुपर्नेछ, जसमा एक महिला अनिवार्य हुनुपर्ने नियम राखिएकाे छ ।

प्रतिस्पर्धामा विजयी हुनेले एक लाख ५० हजार रूपैयाँसम्म पुरस्कार प्राप्त गर्नसक्ने जनाइएको छ । आयोजकले यस कार्यक्रमका लागि गर्ल इन टेक, वुमन एन्ड बिग डेटा, जेनेस क्लाउड एकेडेमी लगायतसँग सहकार्य गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२