close

वर्ल्डलिंकले अब कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेट दिने

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १८:४७

वर्ल्डलिंकले अब कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेट दिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका ग्राहकले अब कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेट पाउने भएका छन् । बुधबार आयोजित एक कार्यक्रममा कम्पनीले थोरैमा पनि १५० एमबीपीएसको इन्टरनेट ग्राहकलाई दिने घोषणा गरेको हो ।

उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीका निर्देशक मनोज अग्रवालले बताए ।

उनका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक एक हजार २०० रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् ।

१५० एमबीपीएससहित २२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले सोही कार्यक्रममा नेपालमै पहिलो पटक ६०० एमबीपीएस गतिको इन्टरनेट सुरूवात गरेको छ ।

साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२