close

आलोचना भएपछि पारस खड्काले हटाए फेसबुक र इन्स्टाग्रामको पोष्ट

टेकपाना टेकपाना

पुस १, २०७८ ११:८

आलोचना भएपछि पारस खड्काले हटाए फेसबुक र इन्स्टाग्रामको पोष्ट

काठमाडौं । आलोचना भएपछि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले बिहीबार बिहान फेसबुक र इन्स्टाग्राममा गरेको एउटा पोष्ट केही घण्टापछि हटाएका छन् ।

पूर्व कप्तान खड्काले बिहीबार बिहान इन्स्टाग्राममा कसरी लाइक र फलोअर कमाउने भन्दै फेसबुक र इन्स्टाग्राममा एउटा व्यङ्ग्यात्मक पोष्ट गरेका थिए । खड्काले गरेको उक्त पोष्ट सन्दीप लामिछाने लक्षित भएको भन्दै आलोचनायुक्त कमेन्ट आएको थियो ।

फेसबुकमा तीन हजार भन्दा बढी लाइक, ६ सय भन्दा बढी कमेन्ट र एकसय ७६ पटक सेयर भइसकेको उक्त पोष्टमा इन्स्टाग्राममा धेरै लाइक र लोकप्रियता पाउन कसरी गेम खेल्ने भनेर व्यङ्ग्य गरिएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्लाई पदमुक्त गर्दै बुधबार सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

दुई वर्षअघि लामिछानेले सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा पासर खड्कालाई अनफलो गरेका थिए । लोकप्रिय क्रिकेट कप्तानलाई अनफलो गरेको भन्दै उक्त समयमा लामिछानेको आलोचना भएको थियो ।

यो घटनालाई लिएर खड्का र लामिछानेबीचको सम्बन्ध राम्रो नभएको टिकाटिप्पणी हुँदै आएको छ ।

खड्काले बिहीबार गरेको पोष्टमा इन्स्टाग्राममा लोकप्रिय हुनको लागि अरुलाई अनफलो गर्ने र सोही व्यक्तिको पोष्ट हेर्नुपर्ने भन्दै व्यङ्ग्य गरिएको छ ।

खड्काको उक्त पोष्ट सन्दीप लामछानेलाई व्यङ्ग्य गरिएको भन्दै धेरैले खड्काको आलोचना गरेका थिए ।

यस्तो थियो फेसबुक पोष्ट :

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२