close

विदेशमा बस्नेले कसरी खोल्ने अनलाइन डलर खाता ?

टेकपाना टेकपाना

पुस २, २०७८ १६:५२

विदेशमा बस्नेले कसरी खोल्ने अनलाइन डलर खाता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरआवासीय र विदेशमा रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न दिने सुविधा दिएसँगै बैंकहरूले आफ्नो सुविधामा पनि परिमार्जन गर्न थालेका छन् । 

अधिकांश बैंकहरूले अहिले अनलाइन खाता खोल्न मिल्ने व्यवस्था लागू गरेका छन् । प्रविधिको उपयोग र सेवाग्राही अनि सेवाप्रदायक दुवैलाई सहज हुने गरी बैंकहरूले अनलाइनबाट नै बैंक खाता खोल्न मिल्ने व्यवस्था गरेका छन् ।

अनलाइन बैंकिङ सेवा उपलब्ध बैंकको वेबसाइटमा गई ‘अनलाइन अकाउन्ट ओपनिङ’ भन्ने अप्सनमा गएर आवश्यक कागजातहरू पेश गरेर अकाउन्ट खोल्न मिल्ने सुविधा छ ।

खाता खोल्नको लागि अनलाइन आवेदन दिइसकेपछि उल्लेखित विवरण प्रमाणिकरण गरेर बैंकको नियम अनुसारको निश्चित समयमा खातावालाको खाता नम्बर र अन्य विवरण बैंकले पठाउँछन् । यसरी सो खाता नम्बरमा आफूले रकम जम्मा गर्न सकिन्छ ।  

बैंकहरूमा अहिले पनि यसरी अनलाइनबाट खोलिएको खातामा रकम जम्मा गर्न मिले पनि झिक्न वा अन्य कारोबार गर्न भने सम्बन्धित खातावाला बैंकमा गएर केवाईसी भेरिफाइ गर्नुपर्ने नियम छ । 

‘हाल अनलाइनबाट खाता खोले पनि कारोबारको लागि भने बैंकमा नै आएर केवाईसी प्रमाणित गराउनुपर्ने नियम छ । यसलाई थप सहज बनाउन भिडिओ केवाईसी प्रचलनमा आएको छ । हामी पनि छिट्टै यो प्रकृयामा जादैंछौं ,’ नेपाल बैंकर्स संघका पुर्वाध्यक्ष भुवन दाहालले बताए । 

हालै एनएमबी र नबिल बैंकले भने भिडिओबाट केवाईसी प्रमाणिकरण गर्न मिल्ने व्यवस्था सुरु गरेका छन् । 

हुन त यो सबै सेवाग्राहीको लागि लागू भएको नियम हो । बिदेशमा बस्नेहरूको लागि यो सुविधाले अनलाइन बैंकिङ कारोबारलाई थप सहज बनाएको छ । 

गैर आवासीय नेपालीले न्युनतम ५ हजार डलर रकम राखी डलर खाता खोल्न पाउने व्यवस्था हालै लागू गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२