close

समुन्द्रमुनि फाइबर केबल बिच्छ्याउन गुगल र फेसबुकलाई अमेरिकाको साथ

टेकपाना टेकपाना

पुस ३, २०७८ १६:५६

समुन्द्रमुनि फाइबर केबल बिच्छ्याउन गुगल र फेसबुकलाई अमेरिकाको साथ

काठमाडौं । अमेरिकी सरकारले अल्फाबेटको गुगल र फेसबुकको मातृकम्पनी मेटालाई एसियाको बढ्दो इन्टरनेट ट्राफिकलाई सम्बोधन गर्न समुद्रमुनिबाट डेटाको केबल प्रयोग गर्न अनुमति दिन सिफारिस गरेको छ ।

अमेरिकी सरकारले फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) लाई गुगल र मेटालाई विद्यमान ८,००० माइलको प्यासिफिक लाइट केबल नेटवर्कमा डेटा पठाउन र प्राप्त गर्न अनुमति दिन आग्रह गरेको हो ।

समुन्द्रमुनिको फाइबर अप्टिकल केबल प्रणालीले संयुक्त राज्य अमेरिका, ताइवान, फिलिपिन्स र हङकङको क्षेत्रलाई जोड्छ ।

मेटाले फिलिपिन्सदेखि अमेरिकाको भाग जोडिने क्षेत्र प्रयोग गर्न अनुमति मागेको छ भने गुगलले ताइवानसँग जोडिएको भाग प्रयोग गर्न अनुमति मागेको छ। कम्पनीहरूले अमेरिकीहरूको डेटाको गोपनीयता र सुरक्षाको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

योभन्दा अगाडि दुवै कम्पनीले चीनको मातहतमा हङकङसँग जोडिने भागमा केबल प्रयोग गर्ने योजना पेश गरेका थिए, जुन तत्कालीन समयमा अमेरिकी सरकारले अस्वीकार गरेको थियो । 

गुगलले सन् २०२० मा नै ताइवान र संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना डेटा सेन्टरहरूबीच बढ्दो ट्राफिक व्यवस्थापन गर्न डेटा जडान आवश्यक भएको बताएको थियो ।

अमेरिकी सरकारसँगको सम्झौता अन्तर्गत गुगल र मेटाले संवेदनशील डेटाको जोखिमको वार्षिक मूल्याङ्कन गर्नुपर्नेछ र कुनै आकस्मिक घटना आईपरेमा २४ घण्टाभित्र केबलहरूमा डेटा ट्राफिकलाई प्रतिबन्ध वा रोक्न सक्षम हुनुपर्दछ ।

हाल समुन्द्रमुनि बिच्छ्याइएका करिब ३०० केबलहरूले विश्वको ९९ प्रतिशत डेटा ट्राफिक नियन्त्रण गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२