close

वर्षकै सबैभन्दा खराब कम्पनीमा फेसबुक

टेकपाना टेकपाना

पुस ५, २०७८ १०:१७

वर्षकै सबैभन्दा खराब कम्पनीमा फेसबुक

काठमाडौं । हामी धेरैलाई नाम परिवर्तन गर्ने बित्तिकै कम्पनीको विगत सबैले बिर्सिन्छन् भन्ने पर्न सक्छ । तर, यथार्थ त्यस्तो हुँदैन । जसको ज्वलन्त उदाहरण फेसबुक बनेको छ । फेसबुकले दुई महिना अघिमात्रै आफ्नो मुख्य कम्पनी ‘फेसबुक इंक’ को नाम परिवर्तन गरी ‘मेटा’ राख्यो ।

कम्पनीको नाम परिवर्तन गरेको एक दुई महिना नबित्तै भएको एक सर्वेक्षणले फेसबुक/मेटा यो वर्षको सबैभन्दा खराब कम्पनी भएको देखाएको छ । याहु फाइनान्सले बजार र कम्पनीका अन्य उपलब्धिका आधारमा हरेक वर्ष ‘कम्पनी अफ दि एयर’ र ‘वर्स्ट कम्पनी अफ दि एयर’ घोषणा गर्दै आएको छ ।

त्यसका लागि याहुले प्रयोगकर्ता बिचमा ‘पोल’ मार्फत समेत सर्वेक्षण पनि गरेको थियो । सोही सर्वेक्षण अनुसार फेसबुक यो वर्षको ‘वर्स्ट कम्पनी अफ दि एयर’ मा पर्न सफल भएको हो । उक्त अध्ययनमा रोबिनउडको, निकोला लगायतका धेरै कम्पनी सहभागी भएका थिए । भने, सर्वेक्षणमा १५ सय ४१ जनाको सहभागिता थियो ।

त्यसमा फेसबुक जम्मा ८ प्रतिशत भोट प्राप्त गर्दै अध्ययनका अन्त्यमा रहेको जनाइएको छ । सर्वेक्षणमा सहभागी मध्ये धेरैले फेसबुक बालबालिका तथा युवाहरुका लागि घातक बन्दै गएको प्रतिक्रिया दिएका छन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२