close

अब ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न सकिने

टेकपाना टेकपाना

पुस ५, २०७८ १२:१६

अब ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न सकिने फिचर उपलब्ध गराएको छ । केही समय अघिमात्रै भ्वाइस म्यासेज स्पिड बढाएर सुन्न सकिने फिचर ल्याएको कम्पनीले अब भने भ्वाइस म्यासेज रेकर्ड गरेपश्चात् ठीक छ वा छैन भनेर चेक गरी पठाउन सकिने भएको हो ।

हामीले म्यासेज पठाउँदा टाइपमा आएको समस्याका कारण धेरैपटक गलत म्यासेज पठाएको हुनुपर्छ । त्यस्तै समस्या भ्वाइस म्यासेजमा पनि हुने भएकाले कम्पनीले यो फिचर उपलब्ध गराएको हो ।

हुन त ह्वाट्सएपले यो फिचर प्रयोगकर्तामाझ ल्याउने विषय सार्वजनिक भएको थियो । त्यसैका आधारमा कम्पनीले हाल यो फिचर प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।

योसँगै प्रयोगकर्ताले भ्वाइस म्यासेज पठाउनुअघि त्यसलाई सुनेर पठाउने वा नपठाउने भनी निर्धारण गरी पठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२