close

फ्री भीपीएनको प्रयोग कति सुरक्षित ?

टेकपाना टेकपाना

पुस ६, २०७८ १६:३५

फ्री भीपीएनको प्रयोग कति सुरक्षित ?

काठमाडौं । भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्क, तपाईंको डिभाइस र रिमोट सर्भरबीचको एउटा सुरक्षित लिङ्क हो । यसले तपाईंको सबै ट्राफिकलाई इन्क्रिप्ट गरिदिन्छ । र, विचौलियाहरुले तपाईंको नेटवर्कबीच के कुरा आदानप्रदान भएको छ भन्ने कुरा थाहा पाउन सक्दैनन् ।

आफ्नो क्षेत्रमा उपलब्ध नभएका सेवा तथा सुविधा प्रयोग गर्न धेरैले भीपीएन प्रयोग गर्ने गरेको पाइन्छ । इन्टरनेटमा उपलब्ध हुने भीपीएनमध्ये केही सित्तैमा पाइन्छन् भने केहीको लागि पैसा तिर्नुपर्छ । सित्तैमा पाइने भीपीएन कति विश्वशनीय छन् भने कतिपय छैनन् ।

भीपीएन प्रयोग गर्न यदि तपाईं पैसा खर्च गर्न चाहनुहुन्न भने निराश भइरहनुपर्ने अवस्था छैन । तर यसको प्रयोग गर्दा सजग रहन अत्यन्तै आवश्यक छ । एक समयअघि भएकाे एक अनुसन्धानका अनुसार ३८ प्रतिशत भीपीएनमा जोखिमपूर्ण मालवेयर भेटिएकाे छ ।

किनकि यी भीपीएन विज्ञापनसँग सम्बन्धित हुने गर्दछन् । धेरै फ्रि भीपीएन आम्दानीका लागि विज्ञाापनमा निर्भर हुन्छन् । ७२ प्रतिशत फ्री भीपीएनले प्रयोगकर्ताको सम्पूर्ण अनलाइन गतिविधिको डेटा संकलन गर्ने गर्दछन् । जुन डेटा उनीहरूले विज्ञापनदातालाई बेच्न सक्छन् । 

प्राइभेसी सुरक्षाका लागि प्रयोग गरिने भीपीएनले यस्तो गरिरहेका छन् भन्दा आश्चर्यजनक मान्न सकिन्छ । तर याे तथ्य हो । साथै फ्री भीपीएनले खासै राम्रोसँग काम पनि गर्दैनन् । धेरै ढिलो चल्ने यस्ता भीपीएनले स्ट्रिमिङ प्लेर्टफर्म अनब्लक गर्न सक्दैनन् ।

त्यसैगरी ब्यान्डविथ सीमित हुन्छ । तर केही सित्तैमा उपलब्ध हुने भीपीएन पनि छन्, जसले तपाईंको गाेपनीयता प्राइभेसी सम्मान गरी सुरक्षित सेवा दिन्छन । यद्यपि पैसा तिरेर प्रयोग गर्नुपर्ने भीपीएनको तुलनामा राम्रो काम भने गर्न सक्दैनन् । तीनीहरूमा पर्फर्मेन्सको समस्या हुन्छ नै ।

किनकि त्यस्ता भीपीएनका निर्माण कम्पनी कम बजेटमा चलिरहेका हुन्छन् । यदि तपाईंलाई राम्रोसँग चल्ने विश्वसनीय भीपीएन चलाउन चाहनुहुन्छ भने चाहिँ उत्तम विकल्प भनेको ‘पेड भीपीएन’ नै हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२