close

ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रममा नेपालका १९ विद्यार्थी सहभागी

टेकपाना टेकपाना

पुस ८, २०७८ १०:१५

ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रममा नेपालका १९ विद्यार्थी सहभागी

काठमाडौं । ह्वावेको ग्लोबल फ्ल्यागशिप कार्यक्रम ‘सीड्स फर द फ्युचर’ सम्पन्न भएको छ । विश्वव्यापी रुपमा आयोजना हुने उक्त कार्यक्रममा नेपालका स्नातक तहका अध्ययनरत १९ जना विद्यार्थी सहभागी थिए ।

विश्वका १३० देशमा आयोजना हुने यो कार्यक्रम नेपालमा भने पहिलोपटक भएको हो । कार्यक्रममा आठ विश्वविद्यालयका सूचना प्रविधिसँग सम्बन्धित विभिन्न नाै विधामा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।

यसका लागि कम्पनीले अक्टोबर ६ देखि नोभेम्बरसम्म आवेदन माग गरेको थियो । जसमा नेपालभरबाट एक सय ३६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

उक्त आवेदनमध्येबाट उत्कृष्ट छनोट गरी काठमाडौं उपत्यकाबाहिरका चार जनासहित १९ स्नातक तहका विद्यार्थी अन्तिम चरणका लागि छनोट भएका थिए । उनीहरूलाई आठ दिन अनलाइन तालिम प्रदान गरी,’ टेकफरगुड’ प्रोजेक्टमा सहभागी गराइएको थियो ।

त्यस्तै विद्यार्थीहरू घान्द्रुकमा ह्वावेद्वारा निर्मित फोरजी बेस स्टेशनको भ्रमण तथा डिशहोम र एनसेलका विशेषज्ञद्धारा दिइएको कक्षामा सहभागी भएका थिए । यसरी झन्डै २० दिन लामो प्रक्रिया पुरा गरी कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२