close

नेपाली ब्राण्ड ‘ई-चुलो’ को २ वर्ष पुरा

टेकपाना टेकपाना

पुस ८, २०७८ १२:३४

नेपाली ब्राण्ड ‘ई-चुलो’ को २ वर्ष पुरा

काठमाडौं । कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई वर्ष पुरा भएको छ । किफायती मूल्यमा गुणस्तरीय इडक्सन चुलो ल्याउने योजनासहित सुरु भएको ई-चुलोले नेपाली उपभोक्तामाझ छोटो समयमै सकारात्मक प्रभाव पारेको कम्पनीको दाबी छ ।

ई-चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई-चुलोको उत्पादक दिगो विकास प्रालिका सञ्चालक धर्म केसी बताउँछन् ।

‘हामीले नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर ई-चुलोको डिजाइन गरेका छौँ’, केसी थप्छन्, ई-चुलोमा खाना पकाउन, मकै भुट्न, दुध लगायतका तरल पदार्थ तताउन सकिन्छ । साथै हरियो मकै, गोलभेँडा तथा मासु पोल्नसमेत सहज छ ।’

टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकाले चुलो चलाउन सहज र आकर्षक छ । बजारमा पाइने इन्डक्सन चुलोभन्दा कम वाट खपत गर्ने केसीले जानकारी दिए ।

पछिल्लो समय नेपालमा लोडसेडिङ हटेसँगै विद्युतीय चुलोको लोकप्रियता बढेको सन्दर्भमा छिटो पाक्ने र किफायती ई-चुलो बजारमा ल्याएको केसीले बताए ।

समतल पिँध भएको सबै भाँडा प्रयोग गर्न सकिने ई चुलोमा आफूलाई चाहिएको तापक्रम सेट गरेपछि खाना डढ्ने साथै उम्लिएर पोखिएर जाने समस्या नहुने केसी बताउँछन् । पावर कट गरेपछि केही समय चुलो तातै रहने भएकोले खाना भर्सिएर पाक्ने बताइएको छ ।

हाल दुई मुखे चुलो बिक्री गरिसकिएको ई-चुलोका अन्य धेरै डिजाइनका चुलो छिट्टै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२