close

कस्तो छ भायानेटको १७५ एमबीपीएस इन्टरनेट ?

टेकपाना टेकपाना

पुस ८, २०७८ १४:१२

कस्तो छ भायानेटको १७५ एमबीपीएस इन्टरनेट ?

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले अहिले ‘अल्ट्रा-फाई प्लान’ नामक योजना सञ्चालन गरिरहेको छ । दुई साताअघि सार्वजनिक यो योजनाअन्तर्गत ग्राहकले मासिक १२ सय ५० रुपैयाँमै १७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउँछन् ।

इन्टरनेट र टिभी सहितको यो सस्तो योजनामा धेरै इन्टरनेट उपभोक्ताले चासो देखाएका छन् । यसमा ग्राहकले १७५ एमबीपीएस गतिको इन्टरनेटका साथै दुई वटासम्म भायाटिभी पाउने बताइएको छ ।

साथै कम्पनीले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गर्ने जनाएको छ ।

त्यतिमात्रै नभएर ग्राहकलाई इन्टरनेटमा थप नयाँपन प्रदान गर्नका लागि आफ्नो संरचनालाई अपग्रेड गर्दै नोकिया र सी–डाटासँगको साझेदारीमा डुअल ब्राण्ड ओएनयु (अप्टिकल नेटवर्क युनिट) प्रदान गरिरहेको छ ।

आज हामी भायानेटले ल्याएको १७५ एमबीपीएस गतिको इन्टरनेट कस्तो छ भनेर भिडिओ रिभ्यु गर्दैछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२