close

गीटहब र फेसबुक पश्चात रुसको सिकार बन्यो ट्विटर

टेकपाना टेकपाना

पुस ९, २०७८ ११:१४

गीटहब र फेसबुक पश्चात रुसको सिकार बन्यो ट्विटर

काठमाडौं । प्रतिबन्ध लगाइएका कन्टेन्ट डिलिट नगरेको भन्दै रुसले सामाजिक सञ्जाल ट्वीटरलाई जरिवाना गरेको छ । रुसको मस्को स्थित ट्यागान्स्की जिल्ला अदालतले ट्विटरलाई ३० लाख रुबल अर्थात् ४९ लाख भन्दा बढी जरिवाना तोकेको हो ।

रसियामा अवैध घोषित सामग्री ट्वीटरले आफ्नो आफ्नो प्लेटफर्ममार्फत नहटाएको भन्दै यो जरिवाना गरिएको जनाइएको छ । निर्णय अनुसार यसअघिनै ट्वीटरलाई अवैध सामाग्रीको विषयमा जानकारी समेत गराई  थियो । यसका बावजुद पनि कम्पनीले त्यस्ता सामाग्रीलाई आफ्नो प्याटफर्ममा प्रतिबन्ध गर्न नसकेको आरोप लगाइएको छ ।

अदालतको निर्णयको खण्डन गर्दै ट्विटरले भने आफूले अवैध कार्यलाई प्रशय दिने खालको कुनै काम नगरेको दावी गरेको छ । यसरी अदालतको निर्णयसँगै ट्वीटरको खण्डन सार्वजनिक भएपश्चात धेरैले यो रुसको ठूला टेक कम्पनीलाई कडाइ गर्ने नितीको अर्को एक कदम भएको आरोप लगाएका छन् । किन भने, पछिल्लो समय रुस इन्टरनेटमा आफ्नै नियन्त्रण खोजी रहेको छ ।

त्यसैका बावजुद रुसले आफ्नै इन्ट्रानेटलाई बलियो बनाई सन् २०२५ बाट विश्व इन्टरनेटबाट बाहिरिने निर्णय नै गरिसकेको छ । यस्तोमा ठुलो प्रविधि कम्पनीलाई कडाइ गर्न सरकारले केही समय अघि नयाँ निती समेत सार्वजनिक गरिसकेको छ ।

सोही निती अनुरूप रुसले यसअघि माइक्रोसफ्ट अन्तर्गतको सफ्टवेयर निर्माण गर्ने कम्पनी गीटहब र मेटाको फेसबुकलाई पनि यही किसिमको जरिवाना गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२