close

ह्वावेले ल्यायो हार्मोनी ओएस भएको नयाँ चस्मा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

पुस १०, २०७८ १५:३४

ह्वावेले ल्यायो हार्मोनी ओएस भएको नयाँ चस्मा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ह्वावेले आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी’ मा आधारित स्मार्ट ग्लास सार्वजनिक गरेको छ ।

ह्वावेका अनुसार यो स्मार्टग्लासमा १२८ स्क्वायर मिलिमिटरको ‘अल्ट्रा-थिन लार्ज-एम्प्लिट्युड’ स्पिकर प्रयोग गरिएको छ, जसले आवाज प्रयोगकर्ताको कानभन्दा बाहिर जानबाट रोक्छ ।

पानी, वर्षा र पसिनाबाट जोगिनसक्ने भनिएको यो स्मार्टग्लासलाई धुलोबाट जोगाउन भने केही समस्या हुने देखिएको छ । रियल टाइम अलर्ट र विच्याटबाट मौसमको नोटिफिकेसन पनि दिनसक्ने यो चस्माले एकचोटिको फुल चार्जमा १६ घण्टा सम्म काम गर्न सक्ने कम्पनीको दाबी छ । 

चस्मामा ह्वावेको आफ्नै भोइस असिस्टेन्टन ‘सेला’ प्रयोग गरिएको छ, जसले चस्मा प्रयोग गर्नको लागि भोइस कमान्ड प्रयोग गर्छ । त्यसैगरी कम्पनीले यो चस्मामा तपाईंको टाउको र मेरुदण्ड सिधा भए/नभएको थाहा पाउन सकिने सेन्सर पनि प्रयोग गरेको छ ।

यसले मेरुदण्डका विरामीहरूलाई सहयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।  साथै यो चस्मामा हवाइजहाज तथा रेल आउने जाने समयको नोटिफिकेशन दिने एपहरू पनि प्रयोग गर्न सकिन्छ ।

सादा सिसा भएको चस्माको मूल्य २६७ डलर छ भने कालो सिसा भएको चस्माको मूल्य २९८ डलर तोकिएको छ ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२