close

टिभी स्क्रिन चाटेर खानेकुराको स्वाद लिन सकिने, यस्तो छ नयाँ प्रविधि

टेकपाना टेकपाना

पुस ११, २०७८ ७:४०

टिभी स्क्रिन चाटेर खानेकुराको स्वाद लिन सकिने, यस्तो छ नयाँ प्रविधि

काठमाडौं । जापानका एक प्राध्यापकले चाट्न मिल्ने टेलिभिजनको स्क्रिन बनाएका छन् । रोयटर्समा प्रकाशित समाचारअनुसार ती प्राध्यापकले टिभी स्क्रिनमा चाटेर विभिन्न खानेकुराको स्वाद लिन सकिने गरी हालै एक प्रोटोटाइप सार्वजनिक गरेका छन् ।

‘टेस्ट-द-टिभी’ (टीटीटिभी) को नाम दिइएको यो प्रविधिमा १० वटा बट्टाले स्क्रिनमाथि बिछ्याइने ‘स्वच्छ झिल्ली’ मा स्वाद छर्किन्छन् । टिभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन् ।

कोभिड-१९ को महामारीको समयमा यस प्रकारको प्रविधिले मानिसलाई बाहिरी विश्वसँगको सम्पर्क बढाउन सहयोग पुग्ने मेइजी युनिभर्सिटीका प्राध्यापक होमेई मियाशिताले बताए ।

‘यस्ताे स्क्रिन बनाउनुको उद्देश्य बाहिरी विश्वका रेष्टुरेन्टमा खाना खाएको अनुभव मानिसहरुलाई आफ्नै घरमा दिनु हाे,’ उनले भने । मियाशिताले विभिन्न फ्लेभर दिनसक्ने डिभाइस निर्माणको लागि ३० विद्यार्थीहरुको टोलीसँग मिलेर काम गरेका थिए ।

उनले पछिल्लो एक वर्षमा स्वाद दिन सक्ने प्रोटोटाइप टेलिभिजन बनाएका हुन् । बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँ बढी) पर्न जाने उनको अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२