close

८०० रुपैयाँमै भायानेटको इन्टरनेट, साथमा एनसेलको निःशुल्क ४८ जीबी डेटा

टेकपाना टेकपाना

पुस ११, २०७८ ११:७

८०० रुपैयाँमै भायानेटको इन्टरनेट, साथमा एनसेलको निःशुल्क ४८ जीबी डेटा

काठमाडौं । भायानेटले एनसेलको सहकार्यमा नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि ‘मिनी प्याक’ अफर ल्याएको छ । यो अफरअन्तर्गत प्रयोगकर्ताले प्रतिमहिना ८०० रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट खरिद गर्न सक्नेछन् ।

यो इन्टरनेट प्याक खरिद गर्दा प्रयोगकर्ताले एनसेलको ४८ जीबी मोबाइल डेटा भएको सिम निःशुल्क प्राप्त गर्न सक्नेछन् । भायानेटले यो अफर आजदेखि लागू गरेर केही सीमित समयसम्म मात्र उपलब्ध हुने जनाएको छ ।

प्रयोगकर्ताले सो मोबाइल डेटा प्रतिमहिना ४ जीबीको दरले प्रयोग गर्न सक्नेछन् । योसँगै भायानेटको मोबाइल एप प्रयोग गर्दा डेटा प्रयोग गर्नुपर्ने छैन भने एनसेल नम्बरबाट भायानेटको कल सेन्टरमा निःशुल्क कल गर्न सकिनेछ ।

त्यसैगरी प्रतिमहिना एनसेलबाट एनसेलमा ५० वटा एसएमएस निःशुल्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२