close

८ हजारले लिए ई-पासपोर्ट

टेकपाना टेकपाना

पुस १२, २०७८ १३:५६

८ हजारले लिए ई-पासपोर्ट

काठमाडौं । सरकारले मंसिरदेखि जारी गर्न सुरु गरेको ई-पासपोर्ट हालसम्म आठ हजारलाई वितरण गरिएको छ । मसिन रिडेबल पासपोर्ट (एमआरपी) बन्द गर्दै सरकारले ई-पासपोर्ट अनिवार्य गरेको छ ।

हालसम्म करिब आठ हजार सेवाग्राहीले विद्युतीय राहदानी लिएकाे राहदानी विभागका प्रवक्ता शरदराज आरनले भने । उनका अनुसार अहिले राहदानी विभाग, त्रिपुरेश्वरका अतिरिक्त अन्य नाै स्थानबाट इपासपोर्ट जारी भइरहेको छ ।

यसअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रूपन्देही, कास्की, पर्सा, मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण प्रारम्भ भएको छ ।

‘ई-पासपोर्टको वितरण व्यापक रुपमा भइरहेको छ । हाल १० स्थानबाट मात्र वितरण भइरहेको छ भने यही हप्ताभित्रमा थप १० स्थानबाट राहदानी वितरण सुरु हुनेछ,’ उनले भने ।

विभागबाट हरेक दिन एक हजार विद्युतीय राहदानी वितरण गर्ने क्षमता वृद्धि गर्न आवश्यक तयारी भइरहेको समेत उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२