close

सामसङ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्यसूची

टेकपाना टेकपाना

पुस १३, २०७८ १५:३३

सामसङ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्यसूची

काठमाडौं । नेपाली बजारमा सामसङले आफ्नो ‘एम५२ फाइभजी’ मोडलको स्मार्टफोनको मूल्य घटाएको छ । दुई र्‍याम भेरियन्टमा उपलब्ध यो फोनको मूल्य पाँचदेखि छ हजार रुपैयाँसम्म घटेको छ ।

कम्पनीले ६ जीबी र्‍याम तथा १२८ जीबी भेरियन्टको फाेनकाे मूल्य ६ हजार रुपैयाँले घटाएको छ । अब ग्राहकले ४२ हजार ९९९ रुपैयाँमा यो भेरियन्टको फोन किन्न सक्नेछन् ।

त्यस्तै कम्पनीले ८ जीबी र्‍याम तथा १२८ भेरियन्टको मूल्य पाँच हजार रूपैयाँले घटाएको छ । अब ग्राहकले यो भेरियन्टको फोन ४५,९९९ रुपैयाँमा किन्न सक्नेछन् ।

‘लिनेस्ट, मिनेस्ट मोन्सटर एभर’ थिम सहित बजारमा सार्वजनिक भएको यो फोन एम सिरिज अन्तर्गतको सबैभन्दा पातलो हो ।

७.४ एमएमको याै फोनमा स्न्यापड्रागन ७७८ जी प्रोसेसर रहेको छ । फाइभजी सपोर्ट गर्ने यो फोनमा १२० हर्ज सहितको सुपर एमोलेड डिस्प्ले छ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।

फोनको डिस्प्ले सुरक्षााका लागि गोरिल्ला ग्लास फाइभ दिइएको छ। उत्कृष्ट साउन्डका लागि डल्बी एटमस रहेको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा छ ।

यसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, पाँच मेगापिक्सेलको माक्रो लेन्स र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छन् ।

यो फोन आइसी ब्लु र ब्लेजिङ्ग ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ ।

ModelModel Name Screen SizeRearFrontRAM/ROM Price 
M-Series
M01 Core  SM-M013 5.3″851GB/16GB       8,399
M01 Core  SM-M013 5.3″852GB/32GB       9,999
M02 SM-M022 6.5″Dual:13+252GB/32GB    11,999
M02 SM-M022 6.5″Dual:13+353GB/32GB    12,999
M02s SM-M025 6.5″Triple:13+2+253GB/32GB    14,499
M02s SM-M025 6.5″Triple:13+2+254GB/64GB    15,999
M12 SM-M127 6.5″Quad:48+5+2+284GB/64GB    18,499
M12 SM-M127 6.5″Quad:48+5+2+286GB/128GB    22,499
M32 SM-M325 6.4″Quad:64+8+2+2204GB/64GB    24,999
M32 SM-M325 6.4″Quad:64+8+2+2206GB/128GB    27,999
M62 SM-M625 6.7″Quad:64+8+5+5326GB/128GB    39,999
M62 SM-M625 6.7″Quad:64+8+5+5328GB/128GB    42,999
M52 5GSM-M5266.7″Triple: 64+12+5326GB/128GB    42,999
M52 5GSM-M5266.7″Triple: 64+12+5328GB/128GB    45,999
F-Series
F22 SM-E225 6.4″Quad:48+8+2+2134GB/64GB    20,499
F22 SM-E225 6.4″Quad:48+8+2+2136GB/128GB    23,999
F42 5GSM-E4266.6″Triple: 64+5+286GB/128GB    31,999
F42 5GSM-E4266.6″Triple: 64+5+288GB/128GB    34,999
A-Series
A03s SM-A037 6.5″Triple:13+2+253GB/32GB    15,499
A03s SM-A037 6.5″Triple:13+2+254GB/64GB    16,999
A12 SM-A127 6.5″Quad:48+5+2+284GB/128GB    19,999
A22 SM-A225 6.4″Quad:48(OIS)+8+2+2136GB/128GB    27,999
A32 SM-A325 6.5″Quad:64+8+5+5206GB/128GB    31,999
A32 SM-A325 6.5″Quad:64+8+5+5208GB/128GB    34,999
A52 SM-A525 6.5″Quad:64+12+5+5328GB/128GB    41,999
A52s 5GSM-A5286.5″Quad:64+12+5+5326GB/128GB    53,999
A52s 5GSM-A5286.5″Quad:64+12+5+5328GB/128GB    55,999
A72 SM-A725 6.7″Quad:64+12+8+5328GB/128GB    51,999
A72 SM-A725 6.7″Quad:64+12+8+5328GB/256GB    56,999
Flagship  S
S21 SM-G991 6.2″Triple:12+12+64108GB/256GB  109,999
S21 + SM-G996 6.8″Triple:12+12+64108GB/256GB  129,999
S21 Ultra SM-G998 6.9″Quad: 108+12+10+104012GB/256GB  154,999
Flagship F
Z Flip 3 SM-F711 M:6.7” C:1.9″Dual:12+12108GB/256GB  124,999
Z Fold 3 with Cover & S Pen SM-F926 M:7.6” C:6.2″Triple:12+12+12F4&C1012GB/256GB  219,999
Z Fold 3 with Cover & S Pen SM-F926 M:7.6” C:6.2″Triple:12+12+12F4&C1012GB/512GB  229,999

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२