close

नेपाली युनिकोडमा टाइप गर्ने सजिलो तरिका

हरिजङ्ग थापा हरिजङ्ग थापा

पुस १४, २०७८ १३:१८

नेपाली युनिकोडमा टाइप गर्ने सजिलो तरिका

काठमाडौं । ल्यापटप अथवा कम्प्युटरमा सिधै नेपालीमा टाइप गर्नुपर्‍याे भने के गर्ने ? विकल्पहरू त टन्नै छन् । तर सजिलो उपाय के होला ? आज म यिनै कुराको जवाफ लिएर आएको छु ।

नेपाली युनिकोड किन जरूरी छ वा यसको महत्व के छ ? कुरा यहीँबाट सुरु गरौं । युनिकोड भनेको युनिभर्सल कोड हो । जब हामी नेपाली अक्षरलाई युनिकोडमा लेख्छौं, त्यो गुगल वा इन्टरनेटको दुनियाँले पनि सहजै पहिचान गर्न सक्छ ।

यसैकारण हामीले समाचारहरू नेपाली अक्षरमा पढ्न सक्छौं । इन्टरनेटमा केही कुरा खोज्नुपर्यो भने नेपाली भाषामै खोज्न सक्छौं । मोबाइलमा त यसका लागि विभिन्न किबोर्डहरू छन् ।

उदाहरणका लागि हाम्रो किबोर्डलाई लिन सकिन्छ । जसले हामीलाई मोबाइलबाट नेपाली युनिकोडमा लेख्न एकदमै सजिलो बनाएको छ । ल्यापटप अथवा कम्प्युटरबाट पनि सजिलै युनिकोडमा लेख्न मिल्ने टुलहरू टन्नै विकास भएका छन् ।

अहिले विभिन्न वेबसाइट बनेका छन्, जसबाट हामीले रोमनमा नेपाली टाइप गर्न सक्छौं । नेपाली फन्टमा भएका अक्षरहरूलाई एक क्लिकमै युनिकोडमा रूपान्तरण गर्न पनि सक्छौं । जसको लागि इन्टरनेटको जरूरत भने पर्छ ।

इन्टरनेट नहुँदा माइक्रोसफ्ट वर्डमा नेपाली फन्ट सेलेक्ट गरेर पनि पनि नेपाली अक्षरहरू लेख्न त सकिन्छ । वा विण्डोजमा ल्याङ्वेज सेटिङमा गई नेपाली युनिकोड छनौट पनि गर्न सकिन्छ ।

तर सधैं नेपाली युनिकोडमा टाइप गर्नका लागि भने मदन पुरस्कार पुस्तकालयले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्ववदयलय लगायतसँग सहकार्य गरी विकास गरेको नेपाली युनिकोड टुल एकदमै सजिलो र भरपर्दो छ ।

नेपाली टाइपिङ जान्ने र नजान्ने दुवैका लागि यो टुल निकै उपयोगी छ । प्रिति वा अन्य फन्टमा टाइप गर्ने बानी छ भने Nepal Unicode Traditional र बानी छैन भने Nepali Unicode Romanized टुल चलाउन सकिन्छ ।

आज म भिडिओमार्फत् यो टुल कहाँबाट डाउनलोड गर्ने ,कसरी इन्स्टल गर्ने र चलाउने भनेर जानकारी दिँदैछु ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२