close

यसरी हेर्नुहोस् ह्वाट्सएपमा डिलिट भएका म्यासेज

टेकपाना टेकपाना

पुस १६, २०७८ १४:४७

यसरी हेर्नुहोस् ह्वाट्सएपमा डिलिट भएका म्यासेज

काठमाडौं । हामीले ह्वाट्सएपमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई गएको खण्डमा वा अन्य कुनै कारणले गर्दा हामी हत्तपत्त त्यस्तो म्यासेज डिलिट गर्छौं ।

जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको नोटिफिकेसन प्राप्त गरेपनि उसले म्यासेज डिलिट भएकाे सन्देश देख्छ ।

यस्तो अवस्थामा मनमा म्यासेजलाई लिएर अनेक खुल्दुली हुन्छ । तर डिलिट गरिएको म्यासेज के रहेछ भनेर थर्ड पार्टी एपको सहायताले हेर्न पनि सकिन्छ ।

यसका लागि अहिले प्ले स्टोरमा Notisave, WAMR लगायतका थर्ड पार्टी एप छन् । एन्ड्राेइड प्रयाेगकर्ताका लागि लक्षित गर्दै आज हामी ह्वाट्सएपमा डिलिट भएका म्यासेज कसरी हेर्ने भन्ने बारेमा बताउँदै छाैँ ।

यसका लागि आज हामीले WAMR एपबाट परीक्षण गरेर हेर्दैछौँ ।  

१. सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर WAMR एप सर्च गर्नुहोस् र एप इन्स्टल गर्नुहोस् ।

२. एप खोलेर र डिस्क्लेमर पढेर ‘एक्सेप्ट’ गरी नेक्स्ट एरोमा क्लिक गर्नुहोस् ।  

३. तपाईंले डिलिट भएका म्यासेज रिकभर गर्न चाहेको एप चयन गर्नुहोस् । अहिले हामी ह्वाट्सएपका लागि मात्र परीक्षण गर्नेछौं ।  त्यसपछि सबै इन्स्ट्रक्सन पढेर स्वाइप गर्दै सेटअप स्क्रिनसम्म जानुहोस् ।  

४. नोटिफ़िकेसन रिडर इनेबल गर्नुहोस् ।  

५. यति गरिसकेपछि तपाईं अब ह्वाट्सएपमा डिलिट भएका मेसेज एपमा गएर हेर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२