close

यसरी बुझ्नुहोस् रिमोट डेस्कटप र भर्चुअल डेस्कटप

टेकपाना टेकपाना

पुस १६, २०७८ २१:४

यसरी बुझ्नुहोस् रिमोट डेस्कटप र भर्चुअल डेस्कटप

काठमाडाैं । पछिल्लो समय हामी धेरै अनलाइनमा भर पर्न थालेका छाै‌ । यस्तोमा हामीले घरबाटै अफिसका ल्यापटप, कम्प्युटरमा पहुँच बनाएर काम गरिरहेको पनि अवस्था छ । त्यसका लागि हामीले धेरै प्रविधिहरुकाे प्रयोग गरिरहेका हुन्छाै‌ ।

त्यस्तोमा रिमोट डेस्कटप र भर्चुअल डेस्कटपकाे विषयमा यहाँ हामी जानकारी दिँदैछाै । 

के हो त रिमोट डेस्कटप भनेको ? 

रिमोट डेस्कटप प्रोग्रामले तपाईंलाई अर्को स्थानमा अवस्थित कम्प्युटर एक्सेस गर्न र डेस्कटपसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ। तपाइँ भौतिक रुपमै डेस्क्टप अघि बसेर चलाए जस्तै गरि अर्कै स्थान बाट एसेस गर्न सक्नुहुन्छ।

कोभिड-१९ को समयमा हार्डवेयर प्रयोग गर्न सम्भव नहुँदा रिमोट डेस्कटप जस्तै भर्चुअलाइजेशन टुलको प्रयोग निकै उपयोगी साबित भयो।

रिमोट डेस्कटप सफ्टवेयर सामान्यतया सबै  प्रकारका अपरेटिङ सिस्टमहरूमा उपलब्ध हुन्छ ।  इन्टरनेटमा होस्ट कम्प्युटर कनेक्ट गर्न क्लाइन्ट कम्प्युटर इनेबल गरेर काम गर्दछ।

होस्ट डिभाइसले सफ्टवेयर र अपरेटिङ सिस्टमलाई  क्लाइन्ट डिभाइसमा देखाउँछ। क्लाइन्ट डिभाइसको  माउस र किबोर्ड इनपुटहरू क्याप्चर गरेर र होस्ट मेसिनमा फिर्ता पठाएर, रिमोट डेस्कटप सफ्टवेयरले व्यक्तिहरूलाई उनीहरूको सामान्य डेस्कटपसँग अन्तरक्रिया गर्न अनुमति दिन्छ।

रिमोट डेस्कटप: फाइदा र बेफाइदा

रिमोट डेस्कटप सफ्टवेयरको मुख्य फाइदा भनेको  इन्टरनेट उपलब्ध हुने जुनसुकै ठाउँबाट काम गर्न सकिने हो।   यदी तपाइँसँग इन्टरनेट जडान भएको कम्प्युटर छ भने कुनै पनि कम्प्युटर तपाईंले सहजै पहुच बनाउन सक्नुहुन्छ ।

रिमोट डेस्कटप प्रोटोकलहरूको अर्को फाइदा उनीहरूको सेक्युरिटी पनि हो। प्रयोगकर्ताहरूले आफ्ना कागजातमा सुरक्षित रुपले पहुँच बनाउन सक्छन् । सबै फाइलहरूमा इन्क्रिप्टेड कनेक्सन गरिएको हुन्छ।

धेरै लाइसेन्स खरिद गर्नुको सट्टा, व्यवसायले कर्मचारीहरूलाई रिमोट डेस्कटप सेट अप गरेर तिनीहरूलाई विजनेस उपकरणमा एक्सेस दिन सकिन्छ। तर सँगै ठुलो स्केलमा रिमोट डेस्कटप सेवा डेलिभर गर्दा शक्तिशाली सफ्टवेयरको साथै बलियो नेटवर्क कनेक्सन आवश्यक पर्ने हुन्छ ।

भर्चुअल डेस्कटप के हो ?

भर्चुअल डेस्कटप र रिमोट डेस्कटपले एउटै सुबिधा दिने भए पनि  केहि  महत्त्वपूर्ण भिन्नता छन् । भर्चुअल डेस्कटपले अपरेटिङ सिस्टम वा एप्लिकेसनको पूर्व कन्फिगर गरिएको इमेज प्रदान गर्दछ। इन्टरनेटमा, कुनै पनि इन्ड प्वाइण्ट डिभाइस ल्यापटप, ट्याब्लेट वा स्मार्टफोन भर्चुअल डेस्कटप एक्सेसका लागि प्रयोग गर्न सकिन्छ।

अन-प्रिमाइस वा क्लाउडमा होस्ट गरिएको, भर्चुअल डेस्कटप रिमोट डेस्कटप भन्दा बढी जटिल हुन्छन् । भर्चुअल डेस्कटपले प्रयोगकर्तालाई आफ्नो डेस्कटप र एप्लिकेसन कुनै पनि प्रकारको इन्ड प्वाइण्ट डिभाइस जहाँसुकैबाट एक्सेस गर्न दिन्छ। आइटी संस्थाहरूले यी डेस्कटपलाई डेटा सेन्टरबाट डिप्लोय गर्न, व्यवस्थापन गर्न र मनिटर गर्न सक्छन् ।

भर्चुअल डेस्कटप : फाइदा र बेफाइदा

सेक्युरिटी : सबै डेटा इन्ड प्वाइण्ट डिभाइसमा स्टोर नभई  डेटा सेन्टरमा स्टोरमा हुन्छ। इन्ड प्वाइण्ट डिभाइस चोरी भएको अवस्थामा पनि डिभाइसमा कुनै डेटा रहदैन।

सहजता :  आईटी प्रशासकले छिटो र सजिलैसँग प्रयोगकर्तालाई भर्चुअल डेस्कटप एलोकेट गर्न सक्छन्,  महँगो भौतिक मेसिन उपलब्ध गराईराख्नु पर्दैन।

लागत: भर्चुअल डेस्कटपलाई भौतिक उपकरण र मर्मत खर्च धेरै कम पर्दछ।

सबै प्रोसेसिङ्ग व्यक्तिगत उपकरणहरूबाट भर्चुअल डेस्कटप सर्भरमा सर्ने हुनाले धेरै पीसी अपग्रेड गर्न आवश्यक नपरे पनि  सर्भर हार्डवेयर, भण्डारण, र नेटवर्क डिभाइसमा  व्यापक लगानी आवश्यक पर्दछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२