close

एनआईसी एसिया बैंकको खाता खल्तीसँग लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने

टेकपाना टेकपाना

पुस १७, २०७८ ९:०

एनआईसी एसिया बैंकको खाता खल्तीसँग लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने

काठमाडौं । खल्ती डिजिटल वालेटले एनआईसी एसिया बैंककाे खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।

एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यो बोनस अफर पहिलो पटक एनआईसी एसिया बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुनेछ ।

लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाई गराउनु पर्नेछ ।

त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।

उक्त लिंक गरिएको एनआईसी एसिया बैंक अकाउन्टबाट खल्तीमा नि:शुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी जुनसुकै समयमा गर्न सकिन्छ ।

साथै एक भाग्यशाली ग्राहकले सामसङ स्मार्टफोनसमेत जित्नसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२