close

थोरै आम्दानी हुनेहरूका लागि अमेरिकामा सस्तो इन्टरनेट कार्यक्रम, नेपालमा कहिले होला ?

टेकपाना टेकपाना

पुस १७, २०७८ १५:२२

थोरै आम्दानी हुनेहरूका लागि अमेरिकामा सस्तो इन्टरनेट कार्यक्रम, नेपालमा कहिले होला ?


काठमाडौं । अमेरिकी सरकारले कम आम्दानी भएका आफ्ना नागरिकका लागि सस्तो इन्टरनेट सेवा ‘अफोर्डेबल कनेक्टिभिटी प्रोग्राम’ सूरु गरेको छ ।

करिब १४.२ अर्ब डलर (करिब १०५ खर्ब रुपैयाँ) खर्च गरेर सुरु गरिएको यो कार्यक्रम अन्तर्गत कम आम्दानी भएका नागरिकले इन्टरनेट शुल्कमा प्रतिमहिना ३० डलर छुट प्राप्त गर्न सक्नेछन् भने ट्राइभल क्षेत्रमा बस्ने बासिन्दाले ७५ डलरसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो कार्यक्रमले इन्टरनेटबाट वन्चित हुनेहरूलाई कनेक्ट हुन मद्दत गर्ने अमेरिकी सरकारको विश्वास छ । यो कार्यक्रममा सहभागी हुनका लागि सेवाग्राहीले अनलाइनबाटै आवेदन दिनसक्ने छन् ।

योसँगै अमेरिकी सरकारले इन्टरनेटको पहुँच सबै नागरिकमा पुर्‍याउनका लागि थप नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । प्रतिवेदन अनुसार अहिले पनि करिब तीन करोड अमेरिकी जनता इन्टरनेटको पहुँचबाट टाढा छन् ।

नेपालमा पनि इन्टरनेटलाई सस्तो र सबैको पहुँचमा पुर्‍याउने उद्देश्यसहित इन्टरनेट सेवाप्रदायक कम्पनी तथा दूरसञ्चार कम्पनीहरूले इन्टरनेट र मोबाइल डेटामा समय-समयमा विभिन्न अफरहरू ल्याउने गरेका छन् ।

पछिल्लो समयमा सेवाप्रदायक कम्पनीहरूबीच कम पैसामा इन्टरनेट स्पिड बढाउने प्रतिस्पर्धा नै चलेको छ । यद्यपि सरकारकै तर्फबाट भने इन्टरनेटको पहुँच बढाउन प्रभावकारी नीति बनेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२