close

माइक्रोसफ्ट टिम्समा गम्भीर समस्या, तत्काल अपडेट गर्न गुगलको आग्रह

टेकपाना टेकपाना

पुस १८, २०७८ १२:८

माइक्रोसफ्ट टिम्समा गम्भीर समस्या, तत्काल अपडेट गर्न गुगलको आग्रह

काठमाडौं । गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्तालाई माइक्रोसफ्ट टिम्स तत्कालै अपडेट गर्न आग्रह गरेको छ । एक महिनाअघि एन्ड्रोइड भर्सनको माइक्रोसफ्ट टिम्स एपमा बग फेला परेको थियो ।

उक्त बगमार्फत प्रयोगकर्ताको जानकारी बाहिरिने सम्भावन देखिएसँगै कम्पनीले नयाँ भर्सन सार्वजनिक गरेको हो । बगको समाधान गर्दै कम्पनीले प्रयोगकर्तालाई नयाँ भर्सन उपलब्ध गराउँदै अपडेट गर्न आग्रह गरेको हो ।

कम्पनीका अनुसार माइक्रोसफ्ट टिम्सले इमर्जेन्सी नम्बरबाट आउने कललाई रोक्ने गरेको पाइएको थियो । त्यतिमात्रै नभएर त्यसैबाट प्रयोगकर्ताको जानकारीमा समेत हसजै पहुँच बनाउन सकिने थियो ।

त्यो भएसँगै कम्पनीले यसको समाधानको रुपमा नयाँ भर्सन प्रयोगकर्तालाई उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो बगको पूर्ण समाधानसहित जनवरी अन्तिमसम्म अर्को भर्सन पुनः उपलब्ध हुनेछ ।

तर, त्योभन्दा अघि कम्पनीले मुख्य कमजोरीलाई समाधान गर्दै अपडेट उपलब्ध गराएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२