close

नेपालमै आईटीका विदेशी डिग्री : कुन कलेजमा कस्ता छन् कोर्ष ?

टेकपाना टेकपाना

पुस १८, २०७८ १२:४०

नेपालमै आईटीका विदेशी डिग्री : कुन कलेजमा कस्ता छन् कोर्ष ?

काठमाडौं । अहिले नेपालमै सूचना प्रविधिसँग सम्बन्धित विशिष्टिकृत (स्पेसलाइज्ड) कोर्षहरुको पढाइ हुन थालेको छ । कम्प्युटर र सफ्टवेयर प्रविधिको क्षेत्र फराकिलो बनिरहँदा यसमा आधारित नयाँ-नयाँ पाठ्यक्रम बनिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नेपालमा आईटी र कम्प्युटरका कार्यक्रम सञ्चालन गरिरहेका छन् । सूचना प्रविधिको बढ्दो विश्वव्यापीकरणले शिक्षालाई पनि थप प्रतिस्पर्धी बनाइरहेको छ ।

यही कारण आईटीका शैक्षिक कार्यक्रम पनि कुनै देश वा ठाउँमा सीमित हुन नसक्ने भए । अन्तर्राष्ट्रिय बजारमा नवीनतम प्रविधिलाई आधार मान्दै त्यसअनूकुल जनशक्ति तयार पार्ने शैक्षिक कार्यक्रममा विद्यार्थीको चासो बढ्न थालेको छ ।

नेपालमा पनि विदेशका विभिन्न विश्वविद्यालयहरुका आईटी कार्यक्रम सञ्चालनमा छन् । यसले सबैभन्दा सहज स्वदेशमै विदेशी डिग्री चाहने विद्यार्थी र अभिभावकलाई भएकाे छ ।

नेपालमा एक्रिडिएशन भएका विश्वविद्यालयका शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गर्न पाउने भएका कारण अहिले विद्यार्थीले सस्तो र कमजोर आइटी शैक्षिक कार्यक्रमबाट ठगिने सम्भावना पनि छैन ।

यसर्थ विद्यार्थीहरुमा विदेशी डिग्रीप्रति सकारात्मक आशा पलाएको छ । कम रकममा नेपालमै बसेर विदेशी विश्वविद्यालयको डिग्री लिन सकिने सुविधा विद्यार्थीले पाएका छन् ।

विदेशमा पढ्न ४०-५० लाख खर्च लाग्ने र काम नगरी पढ्न नसकिने हुँदा धेरैले पढाइभन्दा कामलाई नै जोड गर्छन् । तर, नेपालमा परिवारको खर्चमै सोही विदेशी डिग्री पढ्न सकिने र पढाइमा मात्रै ध्यान दिन सकिने भएकाले विद्यार्थीहरु स्वदेशमै सञ्चालित यस्ता डिग्रीप्रति आकर्षित हुन थालेका छन् ।

नेपालमै विश्वस्तरीय आईटी शिक्षा हासिल गर्न र अध्ययन सकेपछि सिधै आईटी इन्डष्ट्रीमा काम गर्न सक्षम बनाउन यस्ता कार्यक्रमहरूले भूमिका खेल्न सक्छन् ।

सम्बन्धित विश्वविद्यालयले अन्य देशमा जसरी अध्यापन गराउँछन्, सोहीअनुरूप र मापदण्ड पूरा गरेर मात्र नेपालमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सम्बधन प्रदान गरेका हुन्छन् । यसले स्वदेशमै विदेशी शिक्षाकाे वातावरण लिने माैका दिएकाे छ ।

आर्थिक र सामाजिक कारणले विदेशमै गएर अध्ययन गर्न असमर्थ विद्यार्थीका लागि नेपालमा विदेशी सम्बन्धनको शैक्षिक डिग्री एउटा अपूर्व अवसर पनि हो ।

केबल डिग्री मात्रै नभई अन्तर्रा्ष्ट्रिय पहिचान र प्रतिस्पर्धामा पनि अब्बल ठहरिएको विदेशी डिग्रीले विद्यार्थीलाई उसको जीवनका हरेक मोडमा अवसरको ढोका खोल्ने र उसका हरेक कार्यक्षेत्रमा सफलता दिलाउनेमा ढुक्क हुन सकिने आधार छन् ।

नेपालमा सञ्चालित यस्ता आईटी कोर्सहरू विशेषतः स्पेशलाइज्ड र एड्भान्स्ड कोर्सहरू रहेका छन् । उनीहरूको कोर्स सामान्यतया २/३ वर्षको अन्तरालमा अपडेट भइरहेको हुन्छ ।

ग्लोबल मार्केटको डिमाण्डलाई ध्यानमा राखेर कोर्सहरू डिजाइन तथा अपडेट गरिने हुँदा विद्यार्थीेले अध्ययन पुरा गरिसक्दा रिअल मार्केटमा काम गर्न कठिनाइ हुनेछैन ।

अध्ययनका क्रममा कतिपय कलेजमा क्रेडिट ट्रान्सफर गरेर अन्तिम वर्षको अध्ययन गर्न बेलायत, अमेरिका, अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्न सकिने सुविधाहरू पनि छन् । आईएसएमटी कलेज, द ब्रिटिश कलेज, नामी कलेज, सफ्टवेरिका कलेज, इस्लिङ्टनलगायतका केही कलेजहरूले अध्ययन गराउने काेर्समा यस प्रकारको सुविधा रहेको छ ।

नेपालमा पढाइ भइरहेका विदेशी विश्वविद्यालयका विभिन्न आईटी कोर्सहरू अध्ययन गर्दा सामान्यतया कोर्सअनुसार अध्ययन शुल्क ६-७ लाखदेखि १२-१३ लाखसम्म विद्यार्थीले तिरिरहेका छन् ।

स्वदेशी आईटी कार्यक्रमभन्दा बढी देखिएपनि विदेशको तलनामा यो शुल्कलाई किफायती नै मान्न पर्छ ।

स्नातक तहका लागि यस्ता छन् काेर्शहरू

कलेजविश्वविद्यालयशैक्षिक कार्यक्रम 
लर्ड बुद्ध एजुकेशन फाउन्डेशनएसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन, मलेसिया  बिएससी (अनर्स) इन इन्फर्मेशन टेक्नाेलाेजी (क्लाउड कम्प्युटिङ, नेटवर्क) 
सफ्टवेरिका कलेज आईटी एन्ड ईकमर्सकाेभेन्ट्री युनिभर्सिटी, यूकेबिएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी
बिएससी (अनर्स) कम्प्युटिङ
 
इन्टरनेश्नल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी)पियर्सन बीटेक एचएन्डडी, यूकेबीएससी (अनर्स) कम्प्युटर सिस्टम इन्जिनियरिङ
इन्स्टिच्युट अफ इन्टरनेश्नल म्यानेजमेन्ट साइन्सयूसीएसआई युनिभर्सिटी, मलेसियाबिएससी (अनर्स) कम्प्युटिङ
बीएससी (अनर्स) नेटवर्क टेक्नाेलाेजी एन्ड साइबर सेक्युरिटी
 
इस्लिङटन कलेज, काठमाडाैंलण्डन मेट्राेपाेलिटन युनिभर्सिटी यूके,
क्याम्ब्रिज युनिभर्सटी यूके
बिएससी (अनर्स) इन कम्प्युटिङ, बिएससी (अनर्स) इन कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी, बिएससी (हन्स) इन मल्टी मिडिया टेक्नाेलाेजी 
पद्मश्री इन्टरनेश्न कलेजनिलाइ युनिभर्सिटी, मलेसियाब्याचलर्स अफ इन्फर्मेशन टेक्नाेलाेजी (अनर्स) (३ वर्षे) 
हेराल्ड कलेजवल्भरह्याम्प्टन युनिभर्सिटी, यूकेबिएससी (अनर्स) कम्प्युटिङ (३ वर्षे) 
इन्फर्मेटिक्स कलेज पाेखराइन्फर्मेटिक्स एकेडेमी इन्टरनेश्नल, सिंगापुरडिप्लाेमा एन्ड एडभान्स्ड डिप्लाेमा (आईटी एन्ड म्यानेजमेन्ट) 
काठमाडाैं फ्रन्टियर एसाेसिएट्सवल्भरह्याम्प्टन युनिभर्सिटी, यूकेबिएससी (अनर्स) कम्प्युटिङ (३ वर्षे) 
पाटन कलेज फर प्राेफेसनल स्टडिजबेडफाेर्डशाइर युनिभर्सिटी, यूके बिएससी (अनर्स) इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ (३ वर्षे) 
सनवे कलेजइन्फ्रास्ट्रक्चकर युनिभर्सिटी, मलेसिया ब्याचलर्स अफ कम्प्युटर साइन्स (अनर्स) 
टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीलिंकन युनिभर्सिटी, मलेसियाब्याचलर्स ईन आईटी (बीआईटी)
ब्यालर अफ कम्प्युटर साइन्स (अनर्स), नेटवर्क टेक्नाेलाेजी एन्ड साइबर सेक्युरिटी
 
द ब्रिटिश कलेजयुनिभर्सिटी अफ त वेस्ट इंग्ल्यान्ड, लिड्स मेट्राेपाेलिटन युनिभर्सिटी बिएससी कम्प्युटिङ (४ वर्षे)
बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक (४ वर्षे)
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२