close

सस्तो मूल्यमा स्मार्टले ल्यायो १८० जीबी डेटा

टेकपाना टेकपाना

पुस १८, २०७८ १५:४७

सस्तो मूल्यमा स्मार्टले ल्यायो १८० जीबी डेटा

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक स्मार्टसेलले नयाँ वर्ष २०२२ को अवसर पारी ‘न्यू इयर डबल अफर’ ल्याएको छ । यसअन्तर्गत ग्राहकले पुरानै शुल्कमा दोब्बर डेटा पाउनेछन् ।

‘महिनाभरी, डेटा भारी प्याक’, ‘डेली २०० एमबी प्याक’ वा ‘ग्रेटेस्ट जीबी प्लान’ अन्तर्गत यो डबल अफर सञ्चालन गरिएको हो । यसअन्तर्गत १५ सय रूपैयाँ (भ्याटसहित) मा प्रयोगकर्ताले चार महिनाका लागि १८० जीबी डेटा पाउनसक्ने छन् ।

यसअघि यो शुल्कमा ९० जीबी डेटामात्रै पाइन्थ्यो ।

त्यस्तै, ९८० रूपैयाँमा ६० दिनका लागि ९० जीबी डेटा, ५५५ रूपैयाँमा ३० दिनका लागि ५० जीबी डेटा र ४२५ रूपैयाँमा ३० दिनका लागि ३० जीबी डेटा प्राप्त गर्न सकिनेछ ।

त्यस्तै १६५ रूपैयाँमा १५ दिनका लागि १० जीबी डेटा र ९८ रूपैयाँमा सात दिनका लागि ६ जीबी डेटा पाउन सकिनेछ । याे अफरअन्तर्गत ३५ रूपैयाँमा एक दिनका लागि २ जीबी डेटा पाउन सकिन्छ ।

त्यस्तै ५९५ रूपैयाँमा ३० दिनका लागि हरेक दिन ४ जीबी गरी १२० जीबी डेटा पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२