२०७९, ८ जेष्ठ आइतबार   |  
Sunday 22nd May 2022

आकर्षक फिचरसहित ‘रियलमी सी२५ वाई’ नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । रियलमीले एआईमा आधारित क्यामेरा भएको ‘सी’ सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरायुक्त रियलमी सी२५ वाई नेपाली बजारमा सार्वजनिक भएको हो ।

५० मेगापिक्सेलको प्राइमरी सेन्सरसहित यसमा म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट लेन्स पनि उपलब्ध छ । क्यामेरामा एआई ब्युटी, एचडीआर मोड, पानारोमिक भ्यु, पोट्रेट मोड लगायतका फिचरसहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि दिइएको छ ।

युनिसक टी६१० प्रोसेसरको साथमा फोनमा ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा १८ वार्टको फास्ट चार्जिङ सहितको ५,००० एमएएचको ब्याट्री उपलब्ध छ ।

नेपाली बजारमा यो फोन ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ, जसको मूल्य २० हजार ४४९ रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा यस्तो छ रियलमी स्मार्टफोनको पछिल्लो मूल्यसूची

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team