close

व्यवसायिक रुपमा सञ्चालनमा आउँदै टेलिकमको भीओएलटीई सेवा

टेकपाना टेकपाना

पुस १८, २०७८ २२:१७

व्यवसायिक रुपमा सञ्चालनमा आउँदै टेलिकमको भीओएलटीई सेवा

काठमाडौं । साढे सात महिनाअघि सुरू भएको टेलिकमको भीओएलटीई सेवा अब व्यवसायिक रूपमा सञ्चालनमा आउने भएको छ । कम्पनीले पुस महिनाभित्रै यो सेवा सञ्चालनमा ल्याउने गरी तयारी थालेको हो ।

फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न सकिने गरी गत जेठ ३ गते भीओएलटीई सेवा परीक्षण सञ्चालनमा ल्याइएको थियाे ।

तर व्यवसायिक रुपमा सेवा सञ्चालनमा ल्याउन ढिलाई गर्दा कम्पनीले भीओएलटीई सेवामा लाग्ने छुट्टै शुल्क निर्धारण गर्न तथा प्याकेज ल्याउन सकेको छैन ।

पहिलो पटक भीओएलटीई सेवा सक्रिय गर्दा टेलिकमको प्रवर्द्धनात्मक अफरमा प्राप्त हुने १०० मिनेट निःशुल्क सेवा बाहेक थप सेवा लिनु परेको अवस्थामा ग्राहकले नियमित ट्यारिफ रेटमै पैसा तिर्नुपर्ने अवस्था छ ।

जसले गर्दा टेलिकमको भीओएलटीई सेवामार्फत भ्वाइस कल गर्दा थ्रीजीमा जस्तै ग्राहकले प्रति मिनेट दुई रुपैयाँ तिर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा प्रयोगकर्ताहरू भिडिओ कलका लागि टेलिकमको भीओएलटीईको साटो भाइबर, म्यासेञ्जर, ह्वाट्सएप जस्ता ओटीटी एपमै सीमित हुनुपर्ने बाध्यता छ ।

यद्यपि परीक्षणकै क्रममा रहेको भए पनि भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या भने बढेको छ । हाल सामसङ, साओमी, नोकिया, आईफोन, जेडटीई, ओप्पो, भिभो र वनप्लसका विभिन्न मोबाइल सेटमा टेलिकमको भीओएलटीई सेवा चलाउन सकिन्छ ।

तपाईंको मोबाइल सेटमा टेलिकमको भीओएलटीई चल्छ कि चल्दैन भन्ने कुरा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२