close

के हो ब्लकचेन प्रविधि ?

टेकपाना टेकपाना

पुस १९, २०७८ ९:०

के हो ब्लकचेन प्रविधि ?

काठमाडौं । अचेल ब्लकचेन प्रविधिको विषयलाई लिएर प्रविधि क्षेत्रमा निकै चर्चा परिचर्चा सुनिने गरेको छ । पक्कै पनि तपाईंले पनि यो शब्द सुन्नु भएकै होला । वास्तवमा यो ब्लकचेन प्रविधि के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा धेरैलाई थाहा छैन । आज हामी यसलाई सजिलोसँग बुझ्नेगरि बताउँदै छौँ ।

के हो ब्लकचेन ?
ब्लकचेन एउटा नवीन प्रविधि हो । हामीले यो प्रविधिको माध्यमबाट मुद्रा मात्रै होइन, हरेक चिज वस्तुलाई डिजिटल स्वरूपमा परिवर्तन गरेर संग्रह गर्न सक्छौँ । यो प्लेटफर्म एक प्रकारले कार्यालयमा लेजर राखे जस्तै हो । विशेषज्ञहरूको बुझाईमा यो एक प्रकारको विनिमय प्रक्रिया हो, जुन डेटा ब्लकमा काम गर्दछ ।

यसमा हरेक एउटा ब्लक एक अर्कासँग जोडिएका हुन्छन् र तिनलाई ह्याक गर्न सकिँदैन । यो प्रविधिको उद्देश्य कागजातको डिजिटल प्रति सुरक्षित राख्नु हो । स्मरणीय कुरा के छ भने सन् १९९१ मा स्टुअर्ट र डब्लू स्कट स्टटोर्नेटले पहिलो पटक ब्लकचेन प्रविधिको प्रयोग गरेका थिए ।

यस्ता छन् ब्लकचेन प्रविधिका फाइदाः

१. डेटाको पूर्ण सुरक्षाः
ब्लकचेनमा आधारित सिस्टम निकै सुरक्षित मानिन्छ । जुन यो प्रविधिको निकै महत्त्वपूर्ण विशेषता हो । ब्लकचेनले काम गर्ने तरिकाको कुरा गर्ने हो भने यो प्रविधिले इन्ड-टु-इन्ड इन्क्रिप्सन सहित लेनदेनको एउटा अपरिवर्तनीय रेकर्ड बनाउँछ । जसले जालसाजी तथा अनधिकृत गतिविधिलाई रोक्न सहयोग गर्दछ ।

यस बाहेक ब्लकचेनमा डेटा कम्प्युटरको एउटा नेटवर्कमा सङ्ग्रहित गरिन्छ, जसबाट यसलाई ह्याक गर्न करिब करिब असम्भव हुनजान्छ ।

२. सस्तो हुनेछ मूल्य
ब्लकचेनको प्रकृतिले नै सङ्गठनका लागि लागत कटौती गर्न सक्छ । यसले लेनदेनलाई प्रभावकारी बनाउन दक्षता प्रदान गर्दछ । यो प्रविधिबाट डेटा संकलन गर्न र प्रशोधन गर्नुका साथै रिपोर्टिङ र अडिटिङ प्रक्रियालाई समेत सहज बनाउने काम गर्न सकिन्छ । समग्रमा भन्ने हो भने ब्लकचेन प्रविधिले व्यवसायमा बिचौलिया वा तेस्रो पक्षलाई समाप्त गरेर लागत कटौती गर्न सहयोग पुर्‍याउँछ ।

३. ट्र्याक गर्न सहज
वालमार्टले गतिको बारेमा मात्रै नभएर आँप र अन्य उत्पादनको उत्पत्ति पत्ता लगाउने सन्दर्भमा समेत ब्लकचेनको उपयोग गरेको छ । यसले वालमार्ट जस्ता खुद्रा बिक्रेतालाई आफ्नो सूची राम्रोसँग व्यवस्थित गर्ने सुविधा समेत दिन्छ । समस्या वा प्रश्नको जवाफ दिने अथवा आफ्नो सामानको इतिहास प्रमाणिक गर्ने अनुमति समेत यसले दिन्छ ।

यदि कुनै खेतको प्रदुषणका कारण उपज फिर्ता लिनुपर्ने अवस्था आएमा ब्लकचेनको उपयोग गर्नेले एउटा खुद्रा बिक्रेताले आफूसँग बाँकी रहेको उपज बिक्री रोक्दै उक्त विशेष खेतबाट आउने बाली तथा उपजलाई ठम्याउन सक्छ र त्यसलाई हटाउन सक्छ ।

४. लेनदेन प्रक्रिया पारदर्शी हुन्छ
स्पिड बिचौलियालाई समाप्त पार्नुका साथै ब्लकचेनले लेनदेनको म्यानुअल प्रक्रियालाई परिवर्तन गरेर किनै छिटो छरितो बनाइदिन्छ । यतिसम्म कि यसले लेनदेन केही सेकेन्डमै सम्पन्न हुनसक्छ ।

हुन त त्यसमा लाग्ने समय अवस्थाअनुसार फरक पर्न सक्छ । ब्लकचेनमा आधारित प्रणालीले कति तीव्र गतिमा लेनदेन प्रक्रिया सम्पन्न गर्न सक्छ भन्ने कुरा विभिन्न कारकमा निर्भर हुन्छ ।

उदाहरणको लागि डेटाको प्रत्येक ब्लक कति ठूलो छ र नेटवर्क ट्राफिक कति धेरै छ भन्ने कुरा हुनसक्छ । त्यसका बावजुत ब्लकचेन अन्य प्रक्रिया तथा प्रविधिको तुलनामा तीव्र हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२