close

नयाँ वर्षको दिन किन खाली थियो आउटलुकको इनबक्स ?

टेकपाना टेकपाना

पुस १९, २०७८ १०:५४

नयाँ वर्षको दिन किन खाली थियो आउटलुकको इनबक्स ?

काठमाडौं । यदि तपाईंले जनवरी १ तारिख अर्थात शनिबार नयाँ वर्षको दिन बिहानै माइक्रोसफ्टको इमेल सर्भिस ‘आउटलुक’ खोल्नु भएको थियो भने इनबक्स खाली देख्नु भयो होला । यो तपाईं एक जनाको मात्रै समस्या थिएन । आउटलुकका सबै प्रयोगकर्ताको यही अनुभव रह्यो ।

यो ‘बग थियो’ । आउटलुकमा भएको कमजोरीका कारण त्यो दिन विश्वभरका सबै प्रयोगकर्ताको इनबक्स खाली हुनपुग्यो । कम्पनीका अनुसार ‘डेट चेक’ सिस्टममा देखिएको कमजोरीका कारण यो घटना घटेको थियो ।

‘नयाँ वर्ष सँगै नयाँ मिति सुरु हुँदा उक्त सिस्टमले त्यसलाई ठम्याउन नसक्नु कमजोरी भयो,’ कम्पनीले भनेको छ, ‘यसरी डेट चेकले काम नगर्नुमा मालवेयर पनि एक हो । मालवेयरका कारण सिस्टबाट नयाँ तथा पुराना इमेल पास हुनसकेन । त्यसैले गर्दा पनि इमेलको इनबक्स पूर्णरुपमा खाली भएको थियो ।’

हुन त कम्पनीले यो समस्या समाधान भइसकेको जनाएको छ । ‘हामीले समस्याको समाधान गरिसकेका छौं,’ कम्पनीले भनेको छ, ‘तर, अझै पनि केही इमेल कड्किएर बसेका हुन सक्छन् । त्यसका लागि पनि हामी काम गरिरहेका छौं । त्यो सँगै अबको केही दिनमा सबै इमेल तपाईंको इनबक्समा उपलब्ध हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२